Comments Add Comment

अस्ट्रेलिया र डेनमार्क बराबरीमा रोकिए


७ असार, काठमाडौं । विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलिया र डेनमार्कले एक/एक गोलको बराबरी खेलेका छन् ।

डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको खेलको सातौँ मिनेटमा नै दिलाएको अग्रता ३७ मिनेटसम्म मात्रै टिक्यो । ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले बराबरी गोल फर्काए ।

फ्रान्ससँग पहिलो खेल २-१ ले गुमाएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी खेलेसँगै अघिल्लो चरणको सम्भावना कायमै राखेको छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई १-० ले हराएको थियो ।

खेलमा ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको अस्ट्रेलियाले प्रहार गरेका १२ सटमा ३ वटा मात्रै पोस्टको दिशामा थिए । डेनमार्कले खेलमा ८ सट प्रहार गरेकोमा ४ वटा सट पोस्टको दिशामा थिए ।

डेनमार्क सन् २०१६ को अक्टोवर ११ मा मोन्टेनेग्रोसँग १-० ले पराजित भएपछि अहिलेसम्मका कुनै खेल हारेको छैन । डेनमार्कको अपराजित खेल यात्रा १७ पुगिसकेको छ । जसमा ९ खेल जितेको छ भने ८ खेल बराबरी भएको छ ।

समूह ‘सी’ कै अर्को खेलमा अहिले राति पौने ९ बजे पेरु र फ्रान्स खेल्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment