Comments Add Comment

हुण्डाईको ‘आई-२० एक्टिभ फेसलिफ्ट २०१८’ अब नेपालमा


७ असार, काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको लागि हुण्डाईको आधिकारिक डिलरले भर्खरै ‘आई-२० एक्टिभ फेसलिफ्ट २०१८’ लन्च गरेको छ । गत मे महिनामा भारतमा लन्च भएको यो मोडेल नेपालको बजार भरी बहुप्रतिक्षित थियो ।

नयाँ हृयुण्डाई ‘आई-२० एक्टिभ’ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनको साथ आएको छ । ‘आई-२० एक्टिभ’ को समग्र डिजाइन भने उस्तै राखिएको छ ।

दमदार लुकको लागि बडी क्लेडिङ र रुफ रेल्सको विशेषता दिइएको छ । प्रिमियम लुक भएको यो मोडेलले पहिलेको आई-२० एक्टिभ ले झै ध्यानाकर्षण गर्ने र रुचाउने अपेक्षा गरेको छ ।

सुरक्षाको मापदण्ड अनुरुप यसमा एबीएस र एअरब्यागस्को विशेषता छ भने पि्रमियम फिचरको रुपमा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ ।

उत्कृष्ट र सफा डिस्प्लेको लागि यसमा अझ राम्रो टच् भएको इन्फोटेन्मेन्ट सिस्टम छ । यो आर १६ डाइमण्ड कट् एलो व्हीलको साथ आउँछ । ‘आई-२० एक्टिभ फेसलिफ्ट, बेस र एस भेरियन्ट गरी दुई भेरियन्टमा आउँछ, जुन क्रमशः रु. ३३ लाख ९६हजार ००० र रु. ३७ लाख ९६ हजारमा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment