Comments Add Comment

८ वर्षपछि अनिलकेशरी शाह फेरि नबिल बैंकको सीईओमा नियुक्त


७ असार, काठमाडौं । अनिलकेशरी शाह ८ वर्षपछि नबिल बैंकमै प्रमख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । नबिल बैंकको बोर्ड बैठकले शाहलाई बिहीबार पुनः प्रमख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यसअघि उनलाई राष्ट्र बैंकले ‘कुलिङ पिरियड’को नियमका कारण उनी कायममुकायम प्रमख कार्यकारी अधिकृतका रुपमा सोही बैंकमा कार्यरत थिए ।

उनले ८ वर्षअघि नबिल बैंक छाडेर मेगा बैंकमा सिईओको जिम्मेवारी सम्हालेका थिए । युवाअवस्थामै बैंकको सिईओ बनेका शाह अहिले बैंकर संघका निर्वतमान अध्यक्ष पनि हुन् ।

स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ करिय थालेका शाहले यसअघि ५ वर्ष नबिलमै सिईओको रुपमा काम गरेका थिए । मेगा बैंक नेपालको स्थापना कालदेखि सिइओ रहेका उनी दुई कार्यकाल (८ वर्ष) पूरा गरी उनी मेगमा फर्किएका थिए ।

राष्ट्र बैंकको नियमअनुसार सिईओले एउटै बैंकमा लगातार दुई कार्यकाल मात्रै काम गर्न पाउँछन् । शाहले भारतको दिल्ली विश्व विद्यालयबाट एमबीए गरेका छन् ।

बैंकका अध्यक्ष शुम्भुप्रसाद पौडेलले बैंकिङ क्षेत्रमा अनुभवी शाहले बैंककाई नयाँ उचाईमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment