Comments Add Comment

पेरुलाई हराउँदै फ्रान्स अन्तिम १६ मा, अम्बाप्पेले गरे गोल

७ असार, काठमाडौं । पेरुलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह सी अन्तर्गत बिहीबार राति भएको खेलमा फ्रान्सले पेरुलाई १–० ले हरायो । आजको जितसँगै फ्रान्सको ६ अंक भएको छ ।

अन्तिम १६ मा पुग्ने फ्रान्स तेस्रो टोली हो । रुस र उरुग्वेले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन् । लगातार दुई हारपछि पेरु भने समूह चरणबाट बाहिरिएको छ ।

फ्रान्सको जितमा १९ वर्षीय केलियन अम्बाप्पेले ३४ औं मिनेटमा गोल गरे । पेरिस सेन्ट जर्मेनका सुपरस्टार अमबाप्पेले एक वर्षअघि फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । जारी विश्वकपमा उनी सबैभन्दा कान्छा खेलाडी हुन् ।

विश्वकपको समूह चरणबाट बाहिरिने पेरु चौथो राष्ट्र हो । मोरक्को, इजिप्ट र साउदी अरेबिया पनि समूह चरणबाट बाहिरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment