अक्सर विवाहित महिलाहरु पाठेघरको समस्यासँग जुधिरहेका हुन्छन् । पाठेघरको क्यान्सर पनि भयावह बन्दै गएको छ ।
पाठेघरमा कुनै समस्या भयो भने, त्यसको उपचार कसरी गर्ने भन्ने सन्दर्भमा महिलाहरु अन्यौलमा हुन्छन् । यसरी अन्यौलमा भएका महिलाहरुको द्विविधा मेट्न हामीले डा. रंगीना शाहसँग भेट्यौं । अल्का अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ उनी खासगरी ल्याप्रोस्कोपी सर्जरीका लागि कहलिएका छन् । यही विधीमा केन्दि्रत रहेर अनलाइनखबरका लागि ऋचा अर्यालले कुराकानी गरेकी छिन् ।
दूरबीनबाट गरिने ल्याप्रोस्कोपी सर्जरी अहिले नेपालका सरकारी तथा निजी अस्पतालहरुमा समेत प्रयोग हुँदै आएको छ । यसमा पेट चिरेर शल्यक्रिया गर्नुपर्दैन । पेट चिरेर गरिने शल्यक्रियाको तुलनामा यो प्रविधि बढी सुरक्षित हुनुका साथै सजिलो पनि भएको दावी गरिन्छ ।
पेट भित्रको ट्यूमर निकाल्ने देखि पाठेघर तथा अण्डासयमा समस्या भए नभएको हेर्न समेत सकिने ल्याप्रोस्कोपी प्रविधि सम्बन्धि मानिसहरुलाई राम्रो ज्ञान नुहदाँ उनीहरुमा ल्याप्रोस्कोपी सम्बन्धि धेरै भ्रमहरु रहेको पाइन्छ । यो भ्रमहटाउनका लागि पनि मासिनहरुले सबैभन्दा पहिले ल्याप्रोस्कोपिक सर्जरीबारे जान्न आवश्यक छ ।
के हो ल्याप्रोस्कोपिक सर्जरी ?
दुरविनको माध्यमद्धारा पेटमा ससाना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो ।
यो प्रविधि अन्तर्गत पेटमा एक सेन्टिमिटरसम्मको प्वाल पारेर त्यहाँबाट क्यामरा पठाएर पेटको शल्यकि्रया गरिन्छ । यसरी शल्यकि्रया गर्दा पेटमा क्यामरा पठाइसकेपछि टिभीको स्क्रिनमा हेरेर कुन भागको शल्यक्रिया गर्ने हो त्यो भागमा दुई-तीन वटा प्वाल पारेर औजारको माध्यमले जुन अंगमा रोग छ, त्यस अंगको रोग पत्ता लगाउन तथा उपचार गर्न यो प्रविधिको उपयोग गरिन्छ ।
कुन अवस्था गरिन्छ ल्याप्रोस्कोपिक सर्जरी ?
यदी कुनै कारणवस पेटको रोग पत्ता नलागे, महिलामा पेट दुख्ने समस्या भइरहेमा, महिनावारीको समयमा पेट धेरै दुखेमा, एक्सरे, भिडियो एक्सरे तथा एमआरआईले समेत रोग पत्ता लगाउन नसकेको अवस्थामा दुरविनबाट त्यो अंगलाई हेरेर कुन भागमा समस्या भएको हो त्यो हेरेर रोग पत्ता लगाउन सकिन्छ ।
पेट चिर्नु भन्दा ल्याप्रोस्कोपिक सर्जरी गर्नु कत्तिको फाइदाजनक छ ?
पहिले पहिले ल्याप्रोस्कोपिक प्रविधिको अभावमा नेपालमा पेट चिरेरै शल्यकि्रया गरिन्थ्यो । जबकी यो प्रविधि अन्तर्गत पेट चिर्नु पर्दैन । त्यस्तै,पेट चिर्दा ठूलो घाउ बनाउन नपर्ने हुदाँ विरामीलाई धेरै अप्ठेरो पनि हुँदैन । साथै, यो प्रविधिद्धारा शल्यक्रिया गर्दा महिलामा रगतश्राव हुने सम्भावना पनि कम हुने गर्दछ ।
त्यस्तै, विश्वले समेत जिलो शल्यक्रिया भनेर प्रमाणित गरिसकेको यो प्रविधिद्धारा शल्यक्रिया गर्दा विरामीलाई लामो समय अस्पताल बस्न पर्दैन । र, घाउ आफैमा सानो प्वाल मात्र हुने भएकोले घाउ निको पार्न ठूल्ठूला एन्टीबायोटिक्सहरु चलाउनु पर्दैन । साथै, दुखाई नहुने औषधी पनि खासै प्रयोग हुँदैन ।
ल्याप्रोस्कोपिक सर्जरी सम्बन्धि भ्रम र यर्थाथ ?
यद्यपी, ल्याप्रोस्कोपी सर्जलाई लिएर विरामीहरु बीच धेरै भ्रमहरु रहेका छन् । जुन यस प्रकार छ:
भ्रम १ः ल्याप्रोस्कोपिक सर्जरीद्धारा सबै रोगको उपचार सम्भव छैन ।
यर्थाथ: धेरै जसो महिलाहरुले ल्याप्रोस्कोपिक सर्जरीद्धारा सबै रोगको उपचार सम्भव छैन भन्ने सोच्दछन् । जबकी पूरानो प्रविधी अन्तर्गत स्त्री रोग सम्बन्धि हरेक सर्जरी गर्न सकिन्छ । बच्चा पाउने बेलामा बाहेक विश्वमा जेे जति अपरेशनहरु गरिन्छ, त्यो हरेक सर्जरी अहिले पेट नचिरीकनै ल्याप्रोपिक -दुर्विन)को माध्यमद्धारा गर्न सकिन्छ ।
भ्रम २ : ट्युमर धेरै ठूलो भयो भने दुरविनद्धारा सर्जरी गर्न मिल्दैन ।
यर्थाथ : धेरैले के समेत सोच्छन् भने ट्युमर धेरै ठूलो भयो भने दुरविनद्धारा सर्जरी गर्न सम्भव हुँदैन । जबकी मेडिकल रेकर्ड अनुसार साढे छ किलोको ट्यूमर समेत दुरविनद्धारा निकालिसकेको अवस्था छ ।
मेरै कार्यकालमा मैले नै दुई जना महिलाको दुई किलोको ट्यूमर दुर्विनद्धारा निकालिसकेको छु । त्यसैले, दुरविनद्धारा ट्यूमर निकाल्न सकिदैन भन्नु एउटा ठूलो भ्रम हो ।
भ्रम ३ : पेट चिरेर गरिने अपरेशन राम्रो, दुरविनको माध्यमद्धारा गरिने अपरेशन नराम्रो
यर्थाथ: महिलाहरुमा अर्को के भ्रम छ भने पेट चिरेर गरिने अपरेशन धेरै नै राम्रो र दुरविनबाट गर्ने नराम्रो भन्ने चलन छ । जबकी विदेशमा गरिएको विभिन्न अध्ययन अनुसन्धानहरुले के प्रमाणित गरिसकेको छ भने पेट चिरेर गर्ने अपरेशन भन्दा दुरविनबाट गरिने शल्यक्रिया धेरै नै राम्रो छ ।
पेट चिरेर अपरेशन गर्दा रगत खेर जाने समस्या कम हुने गर्छ । त्यस्तै, विना रक्तश्राव महिलाको अपरेशन गर्न सकिन्छ ।
पेट चिर्दा पनि महिलाको दश सेन्टीमिटर पेट चिर्नु पर्नेमा यो प्रविधिद्धारा पेटको शल्यकि्रया गर्दा आधा देखि एक सेन्टीमिटर मात्र पेट चिर्नु पर्दछ । जसका कारण पेटमा घाउ हुने तथा घाउका कारण दाग बस्ने सम्भावना कम हुने गर्छ । त्यस्तै, रगत जाने सम्भावना पनि कम हुने गर्छ ।
यो शल्यक्रिया सजिलो भएकोले विरामीहरुलाई लामो समयसम्म अस्पताल पनि बस्न पर्दैन । र, घाउ आफैमा सानो प्वाल मात्र हुने भएकोले घाउ निको पार्न ठूल्ठूला एन्टीबायोटिक्सहरु चलाउनु पर्दैन । साथै, दुखाई नहुने औषधी पनि खासै प्रयोग हुँदैन ।
भ्रम ४ : जटिलता आउँदैन ।
कुनै पनि सर्जरी गर्दा जटिलता नआउने भन्ने हुँदैन । हरेक शल्यकि्रयाको आ-आˆनै जटिलता हुनसक्छ । हो, यो सर्जरी गर्दा विरामी सात दिन भित्रमा आˆनो काममा सजिलै र्फकन सक्दछन् । त्यसे गर्दा यो प्रविधि नराम्रो छ भन्नु वा यो प्रविधिद्धारा शल्यकि्रया गर्दा जटिलता आउनु भन्नु केव एउटा भ्रम हो जस्तो लाग्छ । र, प्रमाण्ति पनि भैसकेको छ ।
अझ भनौ, पेट चिरेर शल्यक्रिया गर्दा जटिलता सिर्जना हुँदैन भन्ने हैन । किनकी यदी कसैको दुई पटक पेट चिरेर अपरेशन गरिसकेको छ भने तेश्रो पटक जटिल समस्या उत्पन्न हुने सम्भावना धेरै हुने गर्छ । किनभने हरेक अंग उक्त ठाउँबाट सरिसकेको हुनसक्छ । कयौ अंग टासिसकेको हुनसक्छ ।
त्यसैगरी, ल्याप्रोस्कोपिक सर्जरीमा पनि कुनै अपरेशन पहिले नै भैसकेको छ भने प्रविधिका कारण नभई पहिले भएको अपरेशनका कारण पनि जटिलता सिर्जना हुनसक्दछ ।
त्यसबाहेक, विरामीलाई उच्च रक्तचाप भएमा, मधुमेह भएमा पनि जटिलता उत्पन्न हुन सक्दछ । जुन दुवै शल्यक्रियामा लागु हुन्छ ।
भ्रम ५ : मोटो भएकै कारण दुरविनद्धारा सर्जरी गर्न सकिदैन ।
यर्थाथ: मसित जचाउन आउने कतिपय महिलाहरु मोटो भएकै कारण दुरविनबाट शल्यक्रिया गर्न असम्भव हुने हो भन्ने खालको शंका व्यक्त गर्छन् । जबकी म के भन्छु भने पेट चिरेर अपरेशन गर्दा मानिस जति मोटो भयो उसको त्यति नै धेरै बोसो काटेर शल्यक्रिया गर्नु पर्ने हुन्छ । जसका कारण घाउ पाक्ने सम्भावना पनि धेरै हुने गर्छ ।
जबकी ल्याप्रोस्कोपी सर्जरी गर्दा घाउ धेरै चिर्न नपर्ने भएकोले विरामीलाई अझ धेरै फाइदा हुन्छ ।
जावलाखेलस्थित अल्का अस्पतालमा यो प्रविधि सुरु गरेदेखि नै महिनामा २५-३० विरामीहरुलाई ल्याप्रोस्कोपी सर्जरीको सुविधा प्रदान हुँदै आएको छ । तर ल्याप्रोस्कोपी सर्जरी सम्बन्धि भ्रम र यर्थाथबारे जानकारी नहुँदा पहिले पहिले हामीका आउने २० जना विरामीमध्य १८ जना विरामी फर्केर जान्थे ।
जबकी अहिले भने हामीका आउने मध्य पचास प्रतिशत विरामीको यो प्रविधिद्धारा उपचार भइरहेको छ । नेपालमा हाल डिम्बासयकेा ट्यूमर र पाठेघरको ट्युमर सम्बन्धि ल्याप्रोस्कोपिक सर्जरी गर्नेको संख्या धेरै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया 4