Comments Add Comment

रणवीर दीपिकाको बिहे इटलीमा कि बैंगलौरमा ?

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भयो । अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ ।

फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा हुन सक्छ । बैंगलोरमा दीपिकाको पुख्र्यौली घर छ । इटलीमा बिहे भएको खन्डमा पछि भारतमा रिसेप्सन आयोजना गरिने छ ।

दुवै परिवारको सहमतिमा १० नोभेम्बरको मिति तय गरिएको हो । परिवारका महिला सदस्यहरुले सपिङ पनि सुरु गरिसकेका छन् । केही दिनअघि दीपिका आफैं सपिङ गरिरहेको अवस्थामा भेटिएकी थिइन् । बिहेलाई धुमधामले मनाउन कुनै कसर नछाड्ने मुडमा दुवै परिवार छन् ।

दीपिका र रणवीरले केही समयअघि मालदिभ्समा ईंगेजमेन्ट गरेको पनि चर्चा छ । तर, यसको पुष्टि भने भएको छैन । दीपिकाको जन्मदिन मनाउने भनेर उनीहरु माल्दिभ्स गएका थिए ।

केही दिनअघि एक अन्तरवार्तामा दीपिकाले आफूले कुनै पनि दिन बिहे गर्न सक्ने बताएकी थिइन् । यो जोडी फिल्म ‘रामलिला’ को सुटिङका क्रममा नजिकिएको थियो । पछिल्लोपटक उनीहरुले फिल्म ‘पद्मावत’ मा सँगै काम गरेका थिए, जुन ब्लकबस्टर भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment