Comments Add Comment

विश्वकप हेर्न ट्याक्टर चढेर स्वीट्जरल्याण्डबाट रुस आइपुगे यी समर्थक


८ असार, काठमाडौं । तीव्र गतिको राजमार्ग र व्यस्त शहरको ट्राफिक जाम छिचोल्दै स्वीट्जरल्याण्डका समर्थक बिट स्टडर आफ्नो ट्याक्टरमा बिहीबार स्वीट्जरल्याण्डबाट रुसको कालिनिनग्राड आइपुगे ।
स्वीट्जरल्याण्डका यी ‘डाइहार्ट फ्यान’ले विश्वकपमा आफ्नो देशले सर्बियासँग खेलेको हेर्न करिब २ हजार किलोमिटर लामो दूरी आफ्नो पि्रय ट्याक्टरमा तय गरेका हुन् ।
स्वीट्जरल्याण्डको झण्डाहरुले सजाइएको आकर्षक रातो गि्रटिनी ट्याक्टर चलाएर आएका उनले मध्य दिनको घाममा आफ्नो ट्याक्टरलाई कालिनिनग्राड रंगशाला अगाडि पार्क गरे ।
स्वीट्जरल्याण्डको लुक्रेनबाट आफ्ना दुई साथीहरु वेर्नर जिमरम्यान र जोसेफ वायरसँगै रुस आइपुग्न स्टडरले सन् १९६४ मा बनेको आफ्नो भिन्टेज ट्याक्टरमा १२ दिनको यात्रा गरेका थिए ।
रुस आइपुगेपछि उनले स्वीट्जरल्याण्डले सर्बियासँग समूह ‘ई’ को खेलमा जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।
ट्याक्टरको संग्रहालयका मालिक स्टडर र उनका मिल्ने साथीहरु जिमरम्यान र वायरले स्वीट्जरल्याण्ड विश्वकपमा छनोट भएपछि नै रुस आएर खेल हेर्ने सोच बनाएका थिए ।
केही सकरात्मक काम गरेमा मात्रै विश्वकप यात्रा रोमाञ्चक र अविस्मरणीय हुने विचार उनीहरुको थियो, त्यसैले उनीहरु ट्याक्टरमै स्वीट्जरल्याण्डदेखि रुस आइपुगेको डेलीमेलले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment