Comments Add Comment

संघीय संसदको संयुक्त कार्यसञ्चालन नियमावली पारित

८ असार, काठमाडौं । संघीय संसदले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बहुमतले पारित गरेको छ ।

शुक्रबार बसेको संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली बहुमतले पारित गरेको हो ।

नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोख्रेललेले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलि पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्थासहितको नियमावलीलाई बहुमतले पारित गरेको छ ।

नियमावली मस्यौदामा सांसदहरु बिमला बिक, दुर्गा पौडेल र प्रेम सुवालले संसोधन प्रस्ताव दर्ता गराएका थिए । मस्यौदा समितिका सभापति पोख्रेलले समितिहरुमा महिला दलित जनजाति सबैको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधान राख्न स्वीकार गरेपछि सांसद बिकले संसोधन प्रस्ताव फिर्ता लिए ।

सांसद दुर्गा पौडेलको संसोधन प्रस्ताव सर्वसम्मतिले र प्रेम सुवालको संसोधन प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो ।

यसअघि मस्यौदाको दफाबार छलफलमा सहभागी हुदै सांसद पुष्पा भुसालले सबै समितिहरुमा समावेशी समानुपातिक प्रतिनिधित्व रहनेछ भन्ने व्यवस्था राख्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment