Comments Add Comment

स्वास्थ्य मन्त्रालयलाई नर्सिङ संघको एक हप्ते अल्टिमेटम

 

८ असार, काठमाडौं । नेपाल नर्सिङ संघले ११ बुँदे माग कार्यान्वयनका लागि दबाब दिँदै शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रर्दशन गरेको छ ।

संघले एमएस्सी अध्ययनका लागि चीन सरकारले दिएको छात्रवृत्ति नर्सहरुलाई तत्काल उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अर्गानोग्राममा नर्सको दरवन्दी थप्नुपर्ने माग पनि राखेका छन् । संघले एक हप्ताभित्र माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

संघका अध्यक्ष तारा पोखरेलका अनुसार एमएस्सी अध्ययनका लागि चीन सरकारले यसै वर्ष २५ जना नर्सका लागि छात्रवृत्ति उपलब्ध गराएको थियो । तर अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले उक्त छात्रवृत्तिबारे टुङ्गो नलगाउदा कोटा गुम्ने खतरा बढेको छ ।

‘हाम्रो पुरानो ११ बुँदे कार्यान्वयन गर्ने त छदैछ । त्यसबाहेक, नेपाल सरकार आफैले यहाँका नर्सहरुलाई थप अध्ययनका लागि छात्रवृत्ति दिनुपर्नेमा चीन सरकारले उपलब्ध गराएको छात्रवृत्तिसमेत अर्थ मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको समन्वय अभावका कारण ल्याप्स हुने अवस्थामा छ’ उनले भनिन् ।झण्डै असी हजारको संख्यामा रहेका नर्सहरुको लागि स्वास्थ्य मन्त्रालयमा एउटा पनि दरवन्दी नहुनु दुखद भन्दै अध्यक्ष अध्यक्ष तारा पोखरेलले अबको एक साताभित्रमा आफ्ना नयाँ तथा पुराना सम्पूर्ण माग पूरा नभए कडा आन्दोलनमा जाने बताएकी छिन् ।

उनले भनिन्,’ स्वास्थ्य मन्त्रालयमा नर्सहरुको दरबन्दी राख्ने सम्बन्धमा हामीले पटक पटक मुख्य सचिव तथा स्वास्थ्य सचिवसँग पनि बसेर कुरा गरेका छौं । त्यसैगरी, नर्सहरुलाई छात्रृवृत्ति उपलब्ध गराउने सम्बन्धमा पनि आजै स्वास्थय सचिवलाई भेटेर कुरा राखेका छौं ।’

एउटा महिला तथा नर्स भएकै कारण स्वास्थ्य मन्त्रालयद्वारा नर्सहरुलाई हेपिएको खण्डमा उक्त कुरा आफूहरुलाई मान्य नहुनेसमेत उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment