Comments Add Comment

मेस्सीका एक समर्थक हराए, सुसाइड नोट भेटियो

८ असार, काठमाडौं । विश्वकपमा अर्जेन्टिना क्रोयसियासँग ३-० ले पराजित भएपछि भारतको केरलामा मेस्सीका एक समर्थक हराएका छन् । हराएका ३० वर्षका बिनु एलेक्सले लेखेको सुसाइड नोट भेटिएको छ । प्रहरी उनको खोजीमा छ ।

उनले आफ्नो सुसाइड नोटमा ‘अब केही आश बाँकी रहेन यसैले संसार छाड्दै छु’ भन्ने व्यहोरामा केही लेखेका छन् ।

प्रहरी, परिवार र स्थानीय बासिन्दाले उनको खोजी गरिरहेका छन् । प्रहरी टोलीले अहिले नजिकै रहेको नदी आसपास खोजी गरिरहेका छन् ।
उनको परिवारका अनुसार बिहीबार राति उनले अर्जेन्टिना र क्रोयसियाबीचको विश्वकप खेल हेरेका थिए । उनी मेस्सीको ‘डाइहार्ट’ समर्थक रहेको बताइएको छ । परिवारका अनुसार उनी शुक्रबार बिहान ४ बजेदेखि हराइरहेका छन् ।

दि स्टेसम्यानका अनुसार उनका एक नजिकका आफन्तले उनी मेस्सीको ठूलो समर्थक रहेको बताएका छन् । त्यसले उनलाई अर्जेन्टिनाको हारले पीडा भएको थियो ।

उनी बिहीबार बेलुका खेल पनि मेस्सीको जर्सी लगाएर नै हेरिरहेका थिए । बिहान आमा उठेर हेर्दा उनी कोठामा थिएनन् ।

प्रहरीले कुकुरको सहायतामा उनको खोजी गर्दा कुुकुर नदी किनारमा दौडदै पुगेको थियो । पछिल्लो केही दिनदेखि पानी परिरहेकाले नदीको बहाव ठूलो छ ।

उनी मरेको हुनसक्ने आशंका बढे पनि अहिलेसम्म केही पत्तो लागेको छैन । अविवाहित रहेका उनी केरलामै एक प्राइभेट कम्पनीमा एकाउन्टेन काम गर्छन् ।

दि स्टेसम्यानबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment