Comments Add Comment

भीएआर रिभ्यूले ब्राजिलको पेनाल्टी खोसियो

८ असार, काठमाडौं । विश्वकप फुटबल अन्तर्गत कोस्टारिकाविरुद्धको खेलमा ब्राजिलले पाइसकेको पेनाल्टी खोसिएको छ ।

७८ औं मिनेटमा डी बक्स भित्र नेयमार लडेका थिए । त्यसमा रेफ्रीले पेनाल्टी दिने निर्णय सुनाइसकेका थिए । तर कोस्टारिकाका खेलाडीले विरोध जनाएपछि उनले भिडियो असिस्टेन्ट रेफ्री  (भीएआर) प्रविधिको सहयोग लिएका थिए ।

त्यसपछि उनले पेनाल्टी दिने आफ्नो निर्णय सच्याएपछि ब्राजिलले पाइसकेको पेनाल्टी पनि खोसिएको थियो । खेलमा ब्राजिलले गोल गर्ने दर्जनौं प्रयास कोस्टारिकाका गोलकिपरले असफल पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment