Comments Add Comment

इन्जुरी टाइममा चुक्यो कोस्टारिका, ब्राजिलको पहिलो जित


८ असार, काठमाडौं । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ ।

ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।

कोस्टारिका स्वीट्जरल्याण्डले जस्तै ब्राजिललाई रोक्ने रणनीतिमा थियो जसमा अन्तिम समयमा गोल खाएर विफल हुन पुग्यो । यससँगै पहिलो खेलमा सर्बियासँग हारेको कोस्टारिका स्तब्ध बनेको छ ।

ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् ।

खेलमा ७१ प्रतिशत समय बल ब्राजिलको नियन्त्रणमा थियो । कोस्टारिकाले केही राम्रा मुभ बनाए पनि एउटै राम्रो सट प्रहार गर्न भने सकेन ।

समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरी खेलेर दबाबमा रहेको ब्राजिलले शुक्रबार संघर्षपूर्ण जित निकाल्दै आफूलाई समूह ईमा अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याएको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । दुबै खेल गुमाएको कोस्टारिका शून्य अंकसहित पुछारमा छ ।

समूह ईमा नै रहेको सर्बिया र स्वीटजरल्याण्डबीचको खेल शुक्रबार पौने १२ बजे हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment