Comments Add Comment

हुण्डाईका चारजना ग्राहक विश्वकप हेर्न रसिया जाँदै


८ जेठ, काठमाडौं । नेपालको लागि हृयुण्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रालिले ‘रोड टु रसिया’ अन्तरगत ४ विजेताको छनौट गरेको छ । विश्वकै सबैभन्दा प्रख्यात र लोकपि्रय फुटबल प्रतियोगिता फिफा वर्ल्ड कपलाई लक्षित गरेर हृयुण्डाईले यो योजना आफ्ना पुराना र नयाँ ह्युण्डाई ग्राहकहरुको लागि यो योजना सुरु गरकोे थियो ।

यस योजना अन्तगर्त फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट विजेताको घोषणा हृयुण्डाई शोरुम थापाथलीमालक्की ड्रमार्फत् गरिएको थियो । जसमा कन्ज्युमरआई नेपालकी अध्यक्ष बिमला खनाल प्रमुख अतिथि थिइन् ।

लक्की ड्रमार्फत् हालका हृयुण्डाई ओनरहरु मध्य रानीपौवा पोखरा निवासी अनिसा गुरुङ र पोखरा निवासी लालबहादुर गुरुङ विजेता भएका छन् । नयाँ ग्राहकहरु मध्ये भरतपुर ५ चितवन निवासी बिनोद कुमार भट्ट र दमक निवासी गोपाल अग्रवाल विजेता भए ।

यसका साथै यस योजनामा हरेक हृयुण्डाईको खरिदमा ४३ वा ५५ इन्चसम्मको सामसुङ एलईडी टिभी पनि पक्का पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई हृयुण्डाईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गरेको छ ।

विजेताले हवाईटिकेट र बसाई खर्चको विशेष भ्रमण प्याकेजको साथ जीवनमै एक पटक अनुभव गर्न सकिने विशिष्ट अनुभूति हासिल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment