Comments Add Comment

आउँदैछ नेपाल एयरलाइन्सको पहिलो वाइडबडी विमान, कहाँ-कहाँ उड्छ ?

फाइल फोटो

८  असार, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी एयरबस ए ३३०-२०० जहाज असार १४ गते अर्थात आगामी बिहीबार काठमाडौं आउने भएको छ । फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

८ घण्टाको यात्रा तय गर्दै विमान विहान ८ बजे आसपासको समयमा नेपालमा अवतरण हुने निगमका सहप्रवक्ता शैलेन्द्र कशांकारले अनलाइनखबरलाई जानकारी दिए ।

विमानलाई दुई विदेशी पाइलटले उडाएर ल्याउनेछन् । विमान ल्याउने व्यवस्थापकीय कामका लागि निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ फ्रान्स पुगिसकेका छन् भने महाप्रवन्धक सुगतरत्न कांशाकारसहितको टोली पनि आइतबार त्यता लाग्नेछ ।

निगमले अमेरिकी कम्पनी एएआरसँग दुईवटा वाइडबडी जहाज खरिद गर्न लागेको छ । यो पटक पहिलो विमान आउँदैछ । दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको हो ।

एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले अनुमोदन गरेको थियो । दोस्रो वाइडबडी विमान पहिलो विमान आएको एकदेखि २ महिनाभित्र आइपुग्नेछ ।

कहाँ-कहाँ उड्छ ?

यो विमान लिन जाने टोलीमा दुई जना नेपाली पाइलट पनि हुनेछन् । वाइडबडी उडाउने जिम्मेवारी नेपाल एयरलाइन्समा कार्यरत बरिष्ठ पाइलटहरुलाई दिने कंशाकारले बताए ।

वाइडबडी विमानलाई सुरुआतमा साउदीको रियाद, हङकङ, मलेसियको क्वाललालाम्पुरर, कतारको दोहा, दुबई लगायतका गन्तब्यमा उडाउने योजना बनाइएको छ । केही समयपछि प्रक्रिया पुरा गरेर कोरिया र जापान पनि वाइडबडी विमानमार्फ सेवा थालिने कंशाकारले बताए ।

‘अहिले हाम्रो ए-३२०ले उडान गरिरहेका मुख्य गन्तब्यमा फि्रक्वेन्सी थप्छौं,’ कंशाकारले भने,’पछि अन्य गन्तब्यहरुमा पनि उडान थप्छौं ।’

वाइडबडीलाई खाडी मुलुकको उडानमा केन्दि्रत गरेपछि ए ३२०लाई भारतको बैंगलोर, ल्लिीसहित थाइल्यान्डको बैंकक लगायतका शहरमा उडान संख्या थपेर उडाउने योजना निगमको छ ।

सिटपिच्छे इन्फोटेन्मेन्ट

नयाँ एयरबस २७४ सिट क्षमताको हुनेछ । जसमा १८ वटा बिजनेश क्लासका सिट हुनेछन् ।

‘यो एयरबसको प्रत्येक सिटका अघि टचस्त्रिmन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम पनि छ । जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत/संगीत तथा चलचित्र हेर्न सकिनेछ ।

नेपाल एयरलाइन्स गत वर्ष सन् २०१७ मा त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रु बोक्ने दुवै सूचीमा दोस्रो स्थानमा ओर्लिएको छ । निगमलाई यसपालि भारतीय निजी कम्पनी जेट एयरवेजले उछिनेको छ ।

नयाँ विमानहरु आएपछि फेरि निगमले आफ्नो बजिनेश बढाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment