Comments Add Comment

पहाड काटेर एयरपोर्ट बनाउँदैछन् चिनियाँ कामदार !


काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल ।

चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर नयाँ विमानस्थल निर्माण गरिरहेका छन् ।

१ अर्ब ६४ करोड युआन (१९१.४ मिलियन अमेरिकी डलर) अनुमानित लागत रहेको विमानस्थल अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी छ ।

यो विमानस्थल चोङक्विङ शहरभन्दा १५ टाढा ताहुवा पहाडको टुप्पामा अवस्थित छ । आन्तरिक विमानस्थलको रुपमा प्रयोग गरिने यस विमानस्थलमा एक २६ सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग बनाइने छ ।

त्यसको साथमा एक अत्याधुनिक टर्मिनल भवन र पाँचवटा विमान पार्क गर्न सकिने एप्रोन बनाइने छ ।

पहाडी इलाकामा र विमानस्थल निर्माणको लागि पर्याप्त ठाउँ नभएपछि कामदारहरुले विष्फोटक पदार्थको प्रयोग गरेर ताहुवा पहाडको टुप्पो नै उडाएर जमिन सम्याइसकेका छन् ।

छ वर्षअघि बनाउन सुरु गरिएको यस विमानस्थल जुनको अन्त्यसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ । केहि समयअघि खिचिएको फुटेजहरुमा मेहनति चिनियाँ कामदारहरुले भिमकाय क्रेनहरुको सहायतामा टर्मिनल भवन बनाइरहेको देख्न सकिन्छ ।

वुसान विमानस्थलका डेपुटी निर्देशक लियाओ हाओवोका अनुसार विमानस्थल निर्माणको लागि दुई हजार बढी कामदार र ८ सयभन्दा बढी मेसिनले एकसाथ काम गरिरहेका छन् ।

चोङक्विङ जियानबेइ अन्तराष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप कम गर्न यो विमानस्थल थालिएकोहो । यो सञ्चालनमा आएपछि वार्षिक दुईलाख ८० हजार यात्रु, १२ हजार टन कार्गो र तीनहजार भन्दा धेरै उडान ह्यान्डल गर्ने अपेक्षा गरिएको छ ।

अर्को वर्षको सुरुवातमा सञ्चालनमा आउने यस विमानस्थलमा बेइजिङ, सांघाई, गोन्जाउ लगाएत चीनका अन्य मुख्य शहरबाट सिधा उडान सञ्चालन हुनेछ । प्रसिद्ध गडेस पिक र थ्री गर्जेज ड्याम नजिकै अवस्थित भएकाले विमानस्थलले स्थानीय पर्यटन पनि प्रवद्र्धन गर्ने अपेक्षा गरिएको डेलीमेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment