Comments Add Comment

‘गोल्डेन एज’ कि ‘संवेगात्मक अवस्था’ हो किशोरावस्था ?

सामान्यतया किशोरावस्था १३ वर्ष देखि १८ वर्षसम्म रहने गर्छ । यस उमेरलाई हामी ‘टिनएज’ पनि भन्ने गर्छाै । जीवनका अरु कालखण्डहरु झै किशोरावस्थामा पनि विभिन्न किसिमका शारिरिक, मानसिक, व्यवहारजन्य एवम् संवेगात्मक परिवर्तनहरु देखा पर्दछन् । यस्ता परिवर्तन हर्मोनको बद्लाब तथा पौष्टिक तत्वयुक्त खाना, सामाजिक सञ्जाल लगायतका कारणले छिटै देखिने गर्दछ ।

किशोरावस्थालाई जीवनकाको संक्रमण कालका रुपमा पनि लिइन्छ । यो उमेरमा ऊ  न त बालबालिका जस्तो रहन्छ, न त युवायुवती सरह नै हुने गर्छ । यसमा परिचयको संकेत देखा पर्दछ । यो अशान्तिको समय हो । उनीहरुलाई चैन हुँदैन ।

आन्तरिक द्वन्द्वबाट उनीहरु गुज्रनु पर्ने हुन्छ । घरपरिवार समाजले विश्वास नसक्दा गल्ती गर्छु  कि भन्ने डर, त्रासले सताउने गर्छ । समाजको चाहेको भूमिका निर्वाह गर्न नसक्दा आफुभित्र अपर्याप्तता र कमाजोरीको महसुस समेत किशोरकिशोरीहरुले गर्ने गर्छन् ।

यो त्यही उमेर हो, जहाँ किशोरकिशोरीहरु ज्यादा रिसाउने, कराउने, झर्किने, दिवा सपना देख्ने, कल्पनामा रमाउने, आफु ठुलो भएको देखाउन धुम्रपान, मद्यपान गर्ने, काम क्रिडामा आफुलाई संलग्न गराउने गर्दछन् । किशोरकिशोरीहरु घरमा भन्दा बढी समय बाहिर साथीहरुसँग विताउने गर्दछन् । साथीहरुको संगतमा परेर चुरोट, गाँजा, रक्सी खाने, खतरायुक्त काम गर्न रुचाउने हुदाँ दुर्घटना, सडक दुर्घटनामा समेत पर्न सक्छ ।

बुबा आमासँगको सम्बन्ध किशोरावस्थाको सुरुमा त्यति राम्रो हुँदैन । तर, पछि क्रमश सुधार हुँदै जान्छ । उनीहरु सोच्छन्, आमाबुवाले मेरो कुरा सुन्दै सुन्नु हुन्न ? म के चाहन्छु, भन्ने कुरा बुझ्नै चाहनुहुन्न । खाली आफ्नो कुरा मात्र लाद्नुहुन्छ ।

मनोवैज्ञानिकहरु  यो उमेरलाई ‘आँधी’ र ‘तुफान’, तनाव, आवेग तथा विरोधी अवस्था भन्न रुचाउँछन् । यस उमेरमा तनाव अत्याधिक हुन्छ । सामाजिक प्रेसर समेत त्यतिनै हुन्छ । यसैकारण किशोरीहरुमा तनाबले गर्दा हुने मनोवैज्ञानिक समस्या हिस्टेरिया (कर्न्भजन डिसअडर्स) पनि देखा पर्न सक्छ । तनाब, डर, चिन्ता, डिप्रेसन, आत्महत्या जस्ता समस्या पछिल्लो समयमा किशोरकिशोरीहरुमा बढदै गएको पाइन्छ ।

यो उमेरका किशोरकिशोरीलाई अभिभावकहरुले सही परामर्शद्धारा जीवन जीउने सीप, यौन शिक्षा, नैतिक शिक्षा, दौतरी शिक्षा, शारीरीक तथा मानसिक रुपमा आउने परिवर्तनबारे जानकारी दिन जरुरी छ ।

अध्ययन अनुसार १५ देखि २९ वर्षका किशोरकिशोरी र युवाहरुमा मृत्युको दोस्रो कारण आत्महत्या देखिन्छ र आत्महत्यको पहिलो कारण डिप्रेसन नै हो । साथीहरुसँग मिलेर खेल खेल्ने, घुम्न जाने, गफ गरेर समय विताउने, फिल्म हेर्ने, डिस्को/पिक्निक जाने, पार्टी, भोजभतेरमा रमाउने जस्ता कि्रयाकलापमा किशोरकिशोरीहरु रुचि राख्दछन् ।

पढाई, गृहकार्यप्रति त्यति रुचि हुदैन । शिक्षक, विद्यालयप्रति आलोचक देखिन्छन् । उनीहरु स्वतन्त्र हुन चाहान्छन् । कसैको दवाव उनीहरुलाई मन पर्दैन । शारिरिक कमि कमजोरी, भद्दा शरिर, साथीहरुले नराम्रो उपनामले बोलाउनु, पटक-पटकको असफलता, अन्य अतिरित्त कि्रयाकलापमा साथीहरुले जस्तो राम्रो गर्न नसक्नु, आर्थिक कमजोरी, आˆनो आवश्यकता पुरा नहुनु जस्ता कुराहरुले उनीहरुलाई निराश बनाउछ ।

किशोरावस्थामा देखिने व्यवहार 

-चाडो रिसाउने, झर्किने, जिद्दी गर्ने

-बुबाआमा तथा ठुलाको भनेको नमान्ने, अट्टेरी हुने

-साथीहरुको लहैलहैमा लाग्ने

-आफुलाई मनपर्ने चलचित्रको नायक, नायिका, खेलाडीहरुको नक्कल गर्ने

-साथी संगतको कारणले जाँड, रक्सी, चुरोट, गाजाको सेवन गर्ने

-नयाँ-नयाँकुराको टेष्ट गर्न मन पराउनेे

-जोखिमपुर्ण काम गर्ने, जोखिम मोल्न मन पराउने इत्यादी ।

यस्ता परिवर्तनलाई कसरी ह्याण्डल गर्ने ?

किशोरकिशोरीहरुले यो उमेरमा आफूमा देखा पर्ने यस्ता परिवर्तनहरु स्वाभाविक हुन भनेर बुझ्नुपर्छ । त्यस्तै, आफु संयमित हुन, आˆनो काम, कर्तव्य र जिम्मेवारी इमानदारीका साथ बहन गर्नु जरुरी छ ।

उमेर र हर्मोनल बद्लावका कारण यस्तो भएको हो र यो सामान्य कुरा हो । संयम वित्दै गएपछि यो कम हुँदै जान्छ भन्ने कुरा प्रत्येक अभिभावकले बुझ्न जरुरी छ । अभिभावकले आˆना किशोरकिशोरीहरुमा देखा पर्ने मानसिक, संवेगात्मक एवम् व्यवहार जन्य परिवर्तन बारेमा जानकारी राख्नुपर्छ ।

कुन उमेरका बालबालिकामा के कस्तो परिवर्तन आउछ यस्तो अवस्थामा उनीहरुसँग कस्तो व्यवहार गर्न, उनीहरुबाट के कस्तो अपेक्षा राख्ने, उनीहरुलाई कसरी उत्प्रेरित गर्ने भन्ने शिप र ज्ञान अभिभावकमा हुनुपर्दछ ।

नेपालमा प्यारेन्टिङको ज्ञान कमैलाई मात्र छ । यसकारण अभिभावकले किशोरकिशोरीसँग सही व्यवहार गर्न नसक्दा समस्या उत्पन्न हुने गर्दछ । किशोरकिशोरीहरुसँग साथीजस्तो व्यवहार गर्ने, उनीहरुको विश्वास जित्ने, कर्तव्य र जिम्मेवारीका विषयमा किशोरकिशोरीलाई  बुझाउने गर्नुपर्छ ।

सही मार्गनिर्देश र परामर्श नपाउँदा किशोरकिशोरीहरुमा मानसिक तनाव उत्पन्न हुने गर्दछ । यो उमेरका किशोरकिशोरीलाई अभिभावकहरुले सही परामर्शद्धारा जीवन जीउने सीप, यौन शिक्षा, नैतिक शिक्षा, दौतरी शिक्षा, शारीरीक तथा मानसिक रुपमा आउने परिवर्तनबारे जानकारी दिन जरुरी छ ।

त्यस्तै, मानिसहरुसित कसरी बोल्ने, उनीहरुसित कसरी व्यवहार गर्ने, सही निर्णय कसरी लिने, सिर्जनात्मक कसरी हुने,अन्तरवैयक्तिक सम्बन्ध कसरी स्थापित गर्ने, तनाव कसरी कम गर्ने भनेर समेत सिकाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment