Comments Add Comment

आइसल्याण्ड हार्‍यो, मुसाले दिलाए नाइजेरियालाई महत्वपूर्ण जित


काठमाडौं । अहमद मुसाको दुई गोलसँगै नाइजेरियाले विश्पकप फुटबलमा आइसल्याण्डमाथि महत्वपूर्ण जित हात पारको छ । रुस विश्वकपमा पहिलो जितसँगै उसको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

गेल्फी सिगुडसन भने पेनाल्टीमा चुक्दा आइसल्याण्ड नाइजेरियासँग २–० ले पराजित भएको हो । पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले भने पहिलो हार हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोसो हाफको सुरुमा नै मुसाले टिमलाई अगता दिलाए । ७५ औं मिनेटमा उनले नै दोसो गोल गर्दै नाइजेरियालाई महत्वपूर्ण जित दिलाए।

खेलको अन्त्यतिर भीएआरमार्फत आयसल्याण्डले पेनाल्टी पाएको थियो तर, सेगुडसनको प्रहार फ्रेममा नै पर्न सकेन ।

अब समूह चरणको अन्तिम खेलले नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

६ अंक बटुलेको क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ । नाइजेरियाको ३ तथा आइसल्याण्ड र अर्जेन्टिनाको समान १ १ अंक छ ।
अब नाइजेरिया र अर्जेन्टिना तथा क्रोएसिया र आइसल्याण्ड खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment