Comments Add Comment

छापामा आज: नहट्ने भो साउनदेखि सिन्डिकेट

९ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलता र विफलताको विश्लेषणसँगै गहन एवं विश्लेषणात्मक सामग्रीहरुलाई आजका पत्रपत्रिकाहरुले बढी जोड दिएका छन् ।

कान्तिपुरले ‘सत्तारुढ नै असमावेशी’ शीर्षक दिएर दलहरुको समावेशी समानुपातिक व्यवस्थाप्रतिको उदासीनताको चिरफार गरेको छ । संविधान कार्यान्वयन र कानून पालनामा पहिलो जिम्मेवार पक्ष सरकार र सत्तारुढ दल नै समानुपातिक समावेशी सिद्धान्तप्रति विमुख देखिएको कान्तिपुरको निष्कर्ष छ । ‘संविधान र कानून पालना गर्ने गराउने पहिलो जिम्मेवारी सरकारको हो’, कान्तिपुरले लेखेको छ, ‘त्यसको अग्र प्रक्तिमा सत्तारुढ दल उभिनुपर्छ । संविधान ल्याएको र यसको सबैभन्दा बढी स्वामित्व लिन खोजेको प्रमुख दल नै यतिबेला संविधान र यसको भावनाविपरीत अघि बढिरहेका छन् ।

अन्नपूर्णमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको विश्लेषण छ । अन्नपूर्णले लेखेकाे छ– ओलीको बेइजिङ बसाइ चर्चा गरिएजस्तो कम प्राथमिकताको देखिएन ।’

नयाँ पत्रिकाले डाक्टरको स्वास्थ्यबारे एक रोचक सामग्री पस्केको छ भने नागरिकमा टिपर आतंकबारेको सामग्रीले प्रमुख स्थान पाएकाे छ ।

यसका अतिरिक्त कांग्रेस सभापतिको जिल्ला भेला, यातायात सिन्डिकेट, प्रदेश र संघीय सरकारबीचको द्वन्द्वका विषयले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै महत्त्व र स्थान पाएका छन् ।

नहट्ने भो साउनदेखि सिन्डिकेट

अन्नपूर्ण पोस्ट दैनिकले सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि हटाउने सरकारको वाचा पूरा नहुने भएको लेखेको छ ।

यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा असार मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नहुँदा सिन्डिकेट हट्ने वातावरण नभएको तर्क गर्छन् ।

सार्वजनिक यातायात क्षेत्रलाई सीमित यातायात व्यवसायीको नियन्त्रणबाट बाहिर निकाल्न यातायात व्यवस्था विभागले चैतमा कम्पनीमार्फत दर्ता भएका सवारीलाई मात्र रुट इजाजत दिने नीतिगत व्यवस्था गरेको थियो । त्यही व्यवस्थापनलाई बल पुग्नेगरी वैशाखमा सरकारले असार मसान्तदेखि संस्था ऐनअनुसार दर्ता भएका यातायात समिति खारेज गर्न बाध्य सर्वसाधारणमा सिन्डिकेट अन्त्य हुने विश्वास जागृत भएको थियो । तर सरकारले गठन गरेको समितिले अध्ययनका लागि थप समय माग्ने तयारी गरेसँगै सिन्डिकेट अन्त्य गर्ने नाममा व्यवसायीको हितमा हुने गरी थप समय दिने तयारी गरेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

नेपाली ध्वजावाहकको विश्वभर उडान

नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापाको हाहनेडा विमानस्थलबाहेकका अन्यबाट विश्वभर उडान भर्ने भएको राजधानी दैनिकमा खबर छ ।

नेपाली विमानले अमेरिकाबाहेकका देशमा उडान भर्ने अनुमति पाएको हो । नेपाल र जापानको हवाई उडानको सम्झौता पुनरावलोकनपछि यो सम्झौता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपालले जापानको हानेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने गरी गत ४ असारमा नेपाल–जापान सम्झौता पुनरावलोकन भएको बताए ।

सम्झौताअनुसार नेपाल–जापानबीच सातामा १४ उडान हुनेछ ।

काठमाडौं गत वर्षभन्दा २ गुणा बढी प्रदूषित

नयाँ पत्रिका दैनिकका अनुसार यस वर्ष प्रदूषण थप २ प्रतिशत बढेको छ ।

वातावरण विभागका सूचना अधिकारी शंकर पोडेलले नयाँ पत्रिकालाई बताए अनुसार गत शनिबारदेखि मंगलबारसम्म राजधानीको हावामा अघिल्लो वर्षको तुलनामा दोब्बर बढी प्रदूषण भएको छ ।

गत हप्ता शुक्रबार बेलुकादेखि तराई र पहाडी क्षेत्रमा धुलो मिसिएको पहेँलो वर्षा भयो । थार मरुभूमिबाट राजस्थान हुँदै नेपालका विभिन्न क्षेत्रमा धुलोसहित वर्षा भयो । अहिले धुलो मिसिएको वर्षा रोकिए पनि असर पूर्ण रुपमा नरोकिएको नयाँ पत्रिका दैनिकको खबरमा उल्लेख छ ।

टार्गेटमा १० डन

उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डन छन् ? नयाँ पत्रिकाका अनुसार प्रहरीले यसको जवाफ खोज्दै सूची बनाएको छ ।

उपत्यकामा १९० डन छन् । उनीहरुविरुद्ध आक्रामक बनेको प्रहरीले अप्रेसन थालेको छ ।

समाचार अनुसार गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ । निगरानीमा राखिएकामा कपनका फुपू भनिने ३७ वर्षीय फुपुछिरिङ शेर्पा, सोल्टीमोडका ३७ वर्षीय वसन्तकुमार भुसाल, बालाजुका कान्छा भनिने दीपेन्द्र प्याकुरेल, काभ्रेका स्याल भनिने सञ्जीव लामा, रातोपुलका २४ वर्षीय आशिष राई, सोलुखुम्बुका २७ वर्षीय कृष्ण खड्कालगायत निगरानीमा छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment