Comments Add Comment

जहाजभित्र भिखारीले माग्न थालेपछि…(भिडियोसहित)


सडक तथा बसहरुभित्र समेत मगन्तेहरुले यात्रुहरुसँग पैसा माग्ने गरेको त भोगिएकै हो । तर अब भिखारीहरु जहाजभित्र छिरेर समेत माग्न थालेका छन् ।

सोसल मिडियामा एउटा यस्तो भिडियो भाइरल भएको छ जहाँ जहाजभित्र एकजना भिखारीले भिख मागिरहेका छन् ।

जहाजभित्र रहेका कुनै यात्रुले उक्त दृश्यको भिडियो खिचे र त्यसलाई सोसल मिडियामा अपलोड गरे । यद्यपि, भिडियो कहिले, कसले र कहाँ खिचिएको भन्ने  पुष्टि भएको छैन ।

भारतीय मिडियाहरुले उक्त घटना पाकिस्तानको भएको दाबी गरेका छन् । कराँचीबाट बैंकक जान थालेको जहाजभित्र एक मगन्ते घुसपैठ गरेर छिर्यो र यात्रुहरुसँग पैसा माग्न थाल्यो ।

भिडियो भाइरल भएसँगै पाकिस्तानी उड्ययन मन्त्रालयले जहाजभित्र भिख माग्ने व्यक्ति पाकिस्तानी नभएर इरानी भएको दाबी गरेको छ ।

भिडियोमा एकजना भिखारीले यात्रुहरुसँग मागिरहेका छन्  । मानिसहरु अचम्ममा परिरहेका छन् । त्यत्तिकैमा जहाजका दुईजना चालक दलका सदस्य आएर भिखारीलाई आफ्नो सिटमा बस्न निर्देशन दिन्छन् । त्यत्तिकैमा एकजनाले भिखारीलाई केही पैसा दिन्छ । एइरहोस्टेजले भिखारीलाई शान्तसँग बस्न आग्रह गर्छिन् । त्यहीँ बीचमा भिखारीले आफ्नो गोजीबाट एउटा पर्चा निकालेर जहाजका कर्मचारीलाई दिन्छ ।

जहाजभित्रका कतिपय यात्रुहरुले यो दृश्यलाई निकै रमाइलो पाराले लिएको देखिन्छ । सोसल मिडियामा यो भिडियो भाइरल बनेको छ ।

जहाजभित्रै भिख माग्ने व्यक्ति टिकट काटेर चढेको वा जबरजस्ती अवैध तरिकाले चढेको भन्ने खुलेको छैन ।

युट्युबमा अपलोड भएको एक भिडियोमा कतार एयरवेजको उडान भएको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment