Comments Add Comment

सामसुङको नयाँ स्मार्टफोन: पछाडिको आधा भागमा समेत स्क्रिन

सामसुङले दुईवटा स्क्रिनसहितको फोल्डेबल स्मार्टफोन उत्पादनमा कार्य गरिरहेको खबरको पुष्टि गरिसकेको छ ।

तर सामसुङले केबल पट्याउने स्मार्टफोन मात्र नभै दुनियाँमै अहिलेसम्म नभएको अर्को डिजाइनको स्मार्टफोनको पनि तयारी गरिरहेको खुलासा भएको छ ।

समाचार अनुसार सामसुङले यस्तो स्मार्टफोन निर्माणमा काम गरिरहेको छ जसको अगाडिको भागमा मात्र होइन पछाडिको भागमा पनि स्क्रिन हुनेछ ।

सामसुङले पेटेन्टका लागि दर्ता गराएको निवेदनबाट यसको खुलासा भएको बताइएको छ । जस अनुसार सामसुङको उक्त स्मार्टफोनको अगाडि पट्टिको भाग आइफोन एक्सको जस्तै बेजेल लेस हुनेछ । पछाडि पट्टिको माथिल्लो आधा भागमा स्मार्टफोनको दोश्रो स्क्रिन हुनेछ । मुख्य क्यामरा र फ्लास  पछाडि पट्टि नै बायाँ माथिल्लो भागमा हुने बताइएको छ ।

यद्यपि, एउटै स्मार्टफोनमा दुईवटा स्क्रिनको प्रयोग नौलो भने होइन । एलजीले विगत केही वर्ष देखि नै मुख्य स्क्रिनको माथिल्लो भागमा एउटा टिकर डिस्प्लेको प्रयोग गर्दै आएको छ । त्यस्तै चिनियाँ स्मार्टफोन निर्माता मेइजुले प्रो सेभेन स्मार्टफोनमा यहीँ प्रयोग गर्यो । त्यस्तै योटाफोनमा पनि डुअल स्क्रिनको प्रयोग गरिएको छ ।

सामसुङले आफ्नो स्मार्टफोनमा हाल्ने दोश्रो स्क्रिनको काम के हुने ? भन्ने खुलेको छैन । तर स्मार्टफोनको इतिहास हेर्दा दोश्रो स्क्रिनको काम अरु केही नभए पनि कम्तिमा नोटिफिकेसन देखाउनु हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment