Comments Add Comment

सर्वियालाई हराएपछि स्विजरल्याण्डको अघिल्लो यात्रा सहज


९ असार । सर्वियाविरुद्ध जित निकालेपछि स्विजरल्याण्डलाई अघिल्लो चरणको यात्रा सहज भएको छ ।

समूह ईको शनिबार बिहान सम्पन्न खेलमा स्विजरल्याण्डले सर्वियालाई २–१ ले हरायो । स्विजरल्याण्डको जितमा शाकरीको गोल निर्णायक भयो । शाकरीले ९० मिनेटमा गोल गरेर टिमलाई जित दिलाए ।

कलिनिङगार्ड मैदानमा अग्रता भने सर्वियाले लिएको थियो । खेलको पाँचौं मिनेटमा नै अलेक्सान्दर मित्रोभिकले गोल गर्दै सर्वियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको स्विजरल्याण्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

५२ औं मिनेटमा जाकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । सर्वियाका डिफेन्डरबाट रिबाउन्ड आएको बललाई जाकाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

खेलको अन्तिम समयमा ९० औं मिनेटमा जेर्दन शाकिरीले वन भर्सेस वानको स्थितिमा निर्णायक गोल गरेर स्विजरल्याण्डलाई जिताए ।

यो जितसँगै स्विजरल्याण्डको भने चार अंक पुगेको छ । पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोकेर अंक बाँडेको स्विजरल्याण्डले दोस्रो खेलमा सर्वियालाई हराएर तीन अंक थप्न सफल भएको हो ।

समूह ईमै रहेको ब्राजिलको पनि समान चार अंक छ ।

स्विजरल्याण्डसँग हारेसँगै नकआउट चरणको यात्रा कठिन सर्वियाले अब बलियो प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नु पर्नेछ । स्विजरल्याण्डले कोस्टारिकासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment