Comments Add Comment

अर्जेन्टिनाविरुद्ध गोल गर्न गाह्रो छैनः मुसा

काठमाडौं । अहमद मुसाले आइसल्याण्डविरुद्ध गोल गर्दा नाइजेरियासँगै अर्जेन्टिनाका समर्थक पनि खुसी भए । मुसाको दुई गोलको मदतमा नाइजेरिया २-० ले विजयी हुँदा अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना जीवितै रहृयो ।

तर, यो त्यति सहज छैन । यसका लागि समूह चरणको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डसँग हार्नु हुँदैन । साथै अर्जेन्टिनाले नाइजेरियालाई हराउन सकेको अवस्थामा मात्र आल्बिसेलेस्ट विश्वकपको अन्तिम १६ मा पुग्नसक्छ ।

नाइजेरियाका मुसाले भने अर्जेन्टिनाविरुद्ध पनि शुक्रबार जस्तै प्रदर्शन दोहोर्‍याउन चाहेका छन् ।

सन् २०१४ को विश्वकपमा अर्जेन्टिना ३-२ ले विजयी भएको खेलमा पनि मुसाले दुई गोल गरेका थिए । ‘हामीलाई यो खेलको महत्व थाहा छ’ उनले भनेका छन्, ‘यो हाम्रा लागि गर या मरको खेल हो र हामीले यो खेल जित्नुपर्छ ।’

२५ वर्षीय फवार्ड मुसोले अघि भने, ‘तर, अर्जेन्टिनाविरुद्ध गोल गर्न मलाई कठीन छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment