Comments Add Comment

इथियोपियामा प्रधानमन्त्रीको र्‍यालीमा ग्रिनेड आक्रमण, एकको मृत्यु

९ असार, काठमाडौं । इथियोपियामा प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्‍यालीमा ग्रिनेड आक्रमण भएको छ । विष्फोटमा एक जनाको मृत्यु भएको छ भने थुप्रै मानिस घाइते भएका छन् ।

प्रधानमन्त्री आबी अहमदलाई भने सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ ।

राजधानी अदिस अबाबाको मुख्य चोक मेस्कल स्क्वायरमा हजारौं सहभागी र्‍यालीलाई सम्बोधन गरिरहेको बेला ग्रिनेड प्रहार भएको थियो ।

प्रधानमन्त्री अहमदले यस आक्रमणमा इथियोपियाको एकता देख्न नचाहने तत्वको हात रहेको बताएका छन् । तर, त्यो तत्व को हो भन्ने खुलाएका छैनन् ।

२४ वर्षीय अहमद गत फेब्रुअरी महिनामा प्रधानमन्त्री बनेका थिए । उनी ओरोमो जातीय समूहबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । करिब तीन वर्षअघि सरकार विरोधी प्रदर्शनको अगुवाइ अहमदले गरेका थिए ।

सो प्रदर्शनमा सयौंको ज्यान गएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि अहमदले सत्ता सम्हालेका थिए । प्रधानमन्त्री बनेलगत्तै उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment