Comments Add Comment

सिभिल बैंकले स्मार्ट वेबसाईटको सुरुआत


८ असार, काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहजढंगले सूचना प्राप्त गर्न स्मार्ट वेबसाईटको सुरुआत गरेको छ । सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले गरे ।

यो स्मार्ट वेबसाईट सबै खाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ । यो स्मार्ट वेबसाईटमा बैंकको सेवा तथा सुविधाको बारेमा जानकारी प्रदान गर्नुका साथै ईन्टरनेट बैंकिङ मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, ल्यान्डलाइन, एडीयसयल, विद्युत प्राधिकरण तथा डिसहोमको बील भुक्तानी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment