Comments Add Comment

सञ्चारमन्त्रीले भने-भ्रष्टाचारविरुद्ध निर्मम बन्छौं

९ असार, काभ्रे । सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकार भष्टाचारविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताएका छन् । यसलाई अधिनायकवाद उन्मुख भन्नु लोकतान्त्रिक अभ्यास नभएको उनको जिकिर छ ।

शनिबार काभ्रेको पनौती ८ मल्पीमा सहिद पार्कको अनावरण गर्दै सञ्चारमन्त्री बास्कोटाले भनेका छन्, ‘जनताद्धारा निर्वाचित शक्तिको आधारमा सरकार चल्छ र त्यो लोकतान्त्रिक हुन्छ । तर भष्ट्रचारविरुद्ध सरकार एक पटक होइन, हजार पटक निर्मम र अधिनायकवादी बन्न सक्छ ।’

उनले अघि भने, ‘हाम्रो देशमा भ्रष्टाचार सामाजिक मनोविज्ञान जस्तो बन्यो । त्यसलाई समाप्त गरिदिनुपर्छ ।’

जनआन्दोलन २०६२/०६३ को आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद सगुन ताम्राकारको जन्म भूमि पनौतीमा गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र सगुनको शालिक निर्माण गरिएको छ । ‘राजा महाराजाहरुको इतिहास खोपीमा बसेर लेखिन्थे तर जनताको इतिहास संघर्षको मैदानमा लेखिन्छ’ सञ्चारमन्त्री बास्कोटाले भनेका छन्, ‘संघर्षको मैदानभित्र इतिहास लेखिने एउटा पात्र, योद्धा र सहिद सगुन ताम्राकार बन्नुभएको छ ।’

दोस्रो जनआन्दोलनका क्रममा कलंकीमा प्रहरीले चलाएको गोली लागेर ७ वैशाखमा १९ वर्षीय सगुनको निधन भएको थियो । छोराको शालिक अनावरण गर्दा सगुनका परिवारहरु भने भावविहल बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment