Comments Add Comment

जाका र शाकिरीको सेलिब्रेसनमा विवाद

काठमाडौं । विश्वकप फुटबलको महत्वपूर्ण खेलमा स्वीट्जरल्याण्डले सर्बियालाई २-१ ले हरायो ।

तर, स्वीस टिमका लागि गोल गर्ने दुबै खेलाडी सेलिब्रेसनलाई लिएर विवादमा परेका छन् ।

स्वीट्जरल्याण्ड ग्रेनिट जाका र शेरडान शाकिरीले गोल गरेका थिए । दुबै खेलाडीको परिवार कोसोभोबाट स्वीट्जरल्याण्ड पुगेका थिए ।

दुबैले सेलिब्रसनका क्रममा आफ्नो हातले अल्बानियाली बाज बनाए । अब यसको राजनीतिक अर्थ खोज्न थालिएको छ । यो एक राष्ट्रवादी प्रतिक हो र अल्बानियाको राष्ट्रिय झण्डामा पनि दुई मेखे बाज छ ।

आलोचकहरुका अनुसार जाका र शाकिरीको सेलिब्रेसनले सर्बियाली राष्ट्रवादी र अल्बानियाली मुलका मानिसहरुबीच तनाव हुनसक्छ ।

जाकाका पिता पूर्व यूगोस्लाभियामा कम्युनिष्ट सरकारविरुद्ध प्रदर्शन गर्दा तीन वर्ष जेल परेका थिए । कोसोभोमा युद्ध छेडिएपछि शाकिरीको परिवार ज्यान जोगाउन भागेका थिए ।

शाकिरीले सर्बियाविरुद्धको खेलका क्रममा आफ्नो जुत्तामा कोसोभोको झण्डा लगाएका थिए ।

यसलाई लिएर पनि विवाद भएको छ । सर्वियामा यसलाई उक्साउने प्रयास भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment