Comments Add Comment

ट्युनिसियामाथि बेल्जियमको सहज जित

काठमाडौं । इडन हजार्ड र रोमेलु लुकाकुको दुई-दुई गोलसँगै ट्युनिसियामाथि सहज जित हात पारेको बेल्जियम विश्वकपको नकआउट चरण नजिक पुगेको छ । ट्युनिसिया भने समूह चरणबाटै बाहिरिने देखिएको छ ।

शनिबार भएको खेलमा बेल्जियमले ट्युनिसियामाथि ५-२ को सहज जित हात पारेको हो ।

बेल्जियमले छैटौं मिनेटमा नै कप्तान हाजार्डको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । १० मिनेटपछि लुकाकुले गोल थपे । तर, त्यसको दुई मिनेटपछि नै ट्युनेनियाले गोल फर्कायो । ब्रोनले १८ औं मिनेटमा हेड गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि २ गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा पनि बेल्जियम हाबी भयो । ५१ औं हिनेटमा हाजार्डले अर्को गोल थप्दै खेललाई ४-१ को अन्तरमा पुर्‍याए । त्यसपछि बेल्जियमले लुकाकु र हाजार्डलाई मैदानबाहिर निकाल्यो ।

सब्टिच्युट खेलाडी बत्सुयीले ९० औं मिनेटमा बेल्जियमका लागि अर्को गोल गरे । तर, ट्युनिसयाले हार भने मानेन । इन्जुरी टाइममा ट्युनेसियाका कप्तान खाजरीले गोल गर्दै खेल ५-२ मा टुंग्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment