Comments Add Comment

बम आक्रमणबाट बालबाल बचे जिम्बाबेका राष्ट्रपति


१० असार, काठमाडौं । जिम्बाबेका राष्ट्रपति इमर्सन मनाङगाग्वाले बुल्वेओ शहरमा शनिबार भएको विस्फोटबाट आफू भाग्यबश बाँच्न सफल भएको प्रतिक्रिया दिएका छन् । आफू रहेको स्थानबाट मात्रै केही इञ्च पर विस्फोट भएको उनको भनाइ छ ।

ह्वाइट सीटी रंगशालामा शनिबार भएको चुनावी र्यालीमा समर्थकलाई सम्बोधन गरेर बाहिरिँदै गर्दा मनाङगाग्वामाथि लक्षित गर्दै बम विस्फोट भएको थियो । विस्फोटमा १५ जना घाइते भए पनि मनाङगाग्वा केही इञ्चले निसानामा पर्नबाट जोगिएका थिए ।

‘मभन्दा मात्रै केही इञ्च पर विस्फोट भयो । तर यो मेरो समय थिएन’, उनले विस्फोटबारे संक्षिप्त प्रतिक्रिया दिँदै बीबीसीसँग भनेका छन् ।

आउँदो ३० जुलाईमा हुन गइरहेको चुनाव आफ्नो पक्षमा पार्न उनी केही दिनदेखि चुनावी अभियानमा छन् । यही क्रममा शनिबार उनीमाथि हमला भएको हो ।

मनाङगाग्वा गत नोभेम्बरमा रोबर्ट मुगावेलाई सत्ताबाट हटाएर उनको स्थानमा पुग्न सफल भएका थिए ।

त्यहाँको स्वास्थ्य मन्त्री डेभिड परिरेन्यिात्वाले विस्फोटमा १५ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

उपराष्ट्रपति केम्बो मोहदीको खुट्टामा चोट लागेको छ । केही उच्च अधिकारी र तिनका अंगरक्षक पनि घाइते भएकाे त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शनिबार नै इथियोपियामा पनि प्रधानमन्त्रीलाई लक्षित गरेर ग्रिनेड आक्रमण भएको थियो । सो आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment