Comments Add Comment

अर्जेन्टिनाः नाइजेरियाविरुद्ध खेल्ने टिम साम्पाओलीले होइन, खेलाडीहरुले तय गर्छन् !


१० असार, काठमाडौं । विश्वकप यात्रा नै संकटमा पर्ने सम्भावना बढेपछि अर्जेन्टिना टिम तनावमा छ । यो बीचमा प्रशिक्षक जर्ज साम्पाओली बर्खास्तीमा पर्नसक्ने खबरहरु पनि आए ।

तर, शनिबार खेलाडीहरु र प्रशिक्षकको बैठकले नयाँ समाधान निकालेको छ, त्यो हो नाइजेरियाविरुद्ध खेल्ने टिमको टुंगो लिओनल मेस्सीसहितका खेलाडीहरु नै लगाउने ।

अर्जेन्टिनाले भोलि नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । त्यही समयमा क्रोएसियाले आइसल्याण्डसँग खेल्नेछ । नकआउट चरणमा पुग्न नाइजेरियालाई हराएर मात्र पुग्दैन, क्रोएसियाले पनि आइरल्याण्डसँग हार्नु हुँदैन ।

आइसल्याण्ड जितेको अवस्थामा अर्जेन्टिनाले नाइजेरियालाई भारी गोलअन्तरले हराउनुपर्छ ।

अर्जेन्टिनाका १९८६ को विश्वकप विजेता रिकार्डो जस्टीले दाबी गरेका छन् कि उनले अर्जेन्टिना फुटबल एशोसिएसनका जोर्गे बरुचागासँग कुराकानी गरेका छन् ।

अर्जेन्टिनी खेलाडीहरु नाइजेरियाविरुद्धको खेलमा केन्द्रित रहेको भन्दै उनले भने, ‘खेलाडीहरुले नै टिम तय गर्छन्, सत्य यही हो । यदि सम्पाओली बेञ्चमा बस्न चाहन्छन् भने बस्छन् । यदि बसेनन् भने पनि केही फरक पर्दैन ।’

अर्जेन्टिनी टिमका सबैभन्दा सिनियर खेलाडी लिmओनल मेस्सी र मेस्सी र जाभियर मासेरानो हुन् ।

डेलिमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment