Comments Add Comment

जाका र शाकिरीमाथि फिफाले थाल्यो अनुसन्धान


काठमाडौं । फिफाले स्वीट्जरल्याण्डका दुई खेलाडीको विवादास्पद सेलिब्रेसनमाथि छानविन थालेको छ ।

विश्वकप फुटबलको महत्वपूर्ण खेलमा सर्बियालाई २–१ ले हराउने क्रममा गोल गरेका स्वीट्जरल्याण्डका ग्रेनिट जाका र शेरडान शाकिरीको सेलिब्रेसन विवादित बनेको छ । दुबैले सेलिब्रसनका क्रममा आफ्नो हातले अल्बानियाली दुई मुखे बाज बनाएका थिए ।

अनुशासन समितिले जाका र शाकिरीमाथि अनुसन्धान थालेको फिफाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment