Comments Add Comment

अमेरिका पुगेर सर्वेन्द्रले भने – नेपालको शान्ति सुरक्षा पहिलोजस्तो फितलो छैन, मजबुत छ

मानव तस्करलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता


अमेरिका । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले मानव तस्करलाई दण्डित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपालको शान्ति सुरक्षा विगतमा फितलो भए पनि अहिले मजबुत बनेको दाबी गरे ।

मानव तस्करको जञ्जालमा परेर कैयन नेपाली पीडित बनिरहेका बेला खनालले यस्तो बताएका हुन् ।

‘मानव तस्करीमार्फत नेपालीलाई दुःख दिनेलाई प्रहरीले कुनै पनि हालतमा छाड्दैन’, अमेरिका भ्रमणमा रहेका महानिरीक्षक खनालले डीसी महानगर क्षेत्रका नेपाली समुदायले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भने ।

महानिरीक्षक खनालले भूकम्पका बेला अमेरिकामा रहेका नेपालीले गरेको सहयोगको स्मरण गर्दै प्रशंसा गरे ।

उनले नेपालको शान्ति सुरक्षाको अवस्था सुदृढ भएको भन्दै पहिलेजस्तो भयभित हुनुपर्ने अवस्था नरहेको बताए । राम्रो काम गर्नेको उजागर र नराम्रा काम गर्नेलाई कानुनको कठघरामा उभ्याएर कारबाही गर्न प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ छ ।साइबर अपराधीहरुले विश्वभर सञ्जाल फैलाएको भदै उनले यसको नियन्त्रणका लागि नेपाल प्रहरीले पनि प्रयास थालेको जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा डीसी महानगर क्षेत्रका विभिन्न पेशामा संलग्न विशेष व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थिति थियो ।

खनाल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्वितीय सम्मेलन–२०१८ मा नेपालको तर्फबाट सहभागी हुन अमेरिका अाइपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment