Comments Add Comment

इंग्ल्याण्डविरुद्ध लुकाकु र हजार्ड दुबै नखेल्ने ?


काठमाडौं । बेल्जियमका रोमेलु लुकाकु र इडन हजार्डले विश्वकपमा समूह चरणको अन्तिम खेल गुमाउन सक्ने देखिएको छ । यो इंग्ल्याण्डका लागि राहत हुनेछ ।

शनिबार ट्युनिसियाविरुद्ध ५–२ को जित दर्ता गर्ने क्रममा २–२ गोल गरेका लुकाकु र हजार्ड घाइते भएका हुन् ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले इंग्ल्याण्डविरुद्ध खेल्दा आफ्नो टिममा ठूलो परिर्वतन हुने बताएका छन् । उनले भनेका छन्, ‘यदि हामीसँग अर्को खेलका लागि सात दिन समय भएको भए यहि सुरुवाति ११ लाई देखाउन सक्थँ ।’

‘वास्तवमा हामी नकआउट चरणमा पुगिसकेका छौं । हामीसँग २३ खेलाडी छन् । त्यसैले यो अरुका लागि अबसर हो । हामीले लुकाकु, हजार्ड र मार्टिन्सको चोट हेर्नुपर्छ ।’

प्रशिक्षक मार्टिनेजका अनुसार लुकाकुको देब्रो खुट्टाको बाहिरी लिगामेन्टमा चोट लागेको छ । उनको अवस्थाबारे ४८ घन्टाभित्र निर्णयमा पुगिनेछ तर, २५ वर्षीय फवार्ड लुकाकुले इंग्ल्याण्डविरुद्ध नखेल्ने सम्भावना निकै बलियो छ ।

विंगर हजार्ड सुरुवाति ४५ मिनेटमा नै घाइते भएका थिए । तर, दोस्रो हाफ पनि खेले । उनी भने भोलिसम्ममा ठीक हुने अपेक्षा बेल्जियम टिमको छ ।

ड्यिस मार्टेन्सको पनि घुँडामा चोट छ । यदि लुकाकु र हजार्ड दुबै नखेल्ने भएमा इंग्ल्याण्डविरुद्ध मिची बाट्सुयाइले बेल्जियमको फवार्ड लाइन सम्हाल्नेछन् ।

समूह डीमा रहेको इंग्ल्याण्डले आज पानामासँग खेल्नेछ । यो खेल जितमा बेल्जियमसँगै इंग्ल्याण्ड पनि अघिल्लो चरणमा पुग्नेछन् र अन्तिम खेल समूह विजेता बन्नका लागि हुनेछ । बराबरीले भने इंग्ल्याण्ड केही दबावमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment