Comments Add Comment

सन् २०२०बाट कोरिया जान सिप अनिवार्य


१० असार, काठमाडौं। दक्षिण कोरियाले अबको एउटा परीक्षापछि नेपाली कामदारका लागि सिपमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको छ । कोरियाले सन् २०२० देखि नेपालबाट कामदार लैजाँदा सिप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको हो ।

कोरियाको मानव संशाधन विभागले यसअघि नै कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको थियो ।

यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने क्रम आगामी वर्षसम्म मात्रै चल्नेछ । सन् २०१९मा भने अहिलेर्कै प्रणालीमा परीक्षा हुने इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

नयाँ प्रणाली आएपछि भाषा राम्रो भएपनि हातमा सिप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठहर्‍याउने छ । त्यसपछि कोरिया जानेहरुले भाषा परीक्षासँगै सीपको पनि परीक्षा दिनुपर्नेछ ।

कोरियाले यसअघि नै सन् २०१९ देखि नेपाली युवाको सिप क्षमता पनि परीक्षण गरेर लैजाने घोषणा गरिसकेको थियो । तर, तयारी नपुगेपछि एकवर्ष पछि धकेलिएको हो ।

यसअनुसमार अब उत्पादनमूलक समूहमा जाने कामदारले भाषा परीक्षा ल्याएको अंकलाई ८० प्रतिशत मानिनेछ । थप २० प्रतिशत अंकको लागी सीपको परीक्षण गरिनेछ ।

दुबैमा उत्कृष्ट अंक ल्याएर औसत अंक उच्च हुनेले उत्पादन मूलक समूहमा काम गर्ने गरी कोरिया जान पाउने भण्डारीले बताए ।

कृषिमा भने त्यस्तो अनुपात ७०ः३० को हुनेछ । भाषामा ल्याएको अंकलाई ७० प्रतिशत मानेर थप ३० प्रतिशत अंकका लागि कृषि सीपको परीक्षण गरिनेछ ।

भाषामात्रै सिकेका कामदार लैजाँदा विभिन्न समस्या आएपछि कोरियाले ईपीएस सिस्टममा नयाँ ‘प्वाइन्ट प्रणाली’ ल्याएको हो ।

कोरियाले नयाँ प्रणाली लागू भएपछि भाषासँगै कामदारको सिप र शारीरिक स्वरुपको पनि परीक्षण गर्नेछ । भाषामा पास भएकाहरुले कोरिया जान सीप परीक्षा पनि अनिवार्य उत्तीर्ण गर्नुपर्नेछ ।

सीपमा आधारित परीक्षा प्रणाली लागू भएपछि अहिलेको २ सय पूर्णांकको सुनाई र लेखाइको परीक्षा प्रणालीलाई पूर्ण रुपमा परिमार्जन गरेर नयाँ स्वरुप दिइनेछ । अब कामदारले दाबी गरेको सीपलाई परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

जस्तो उत्पादनमुलक समूहको स्टिल फिक्सङ उपसमूहमा जाने गरी आवेदन गरेका कामदारले भाषा पास भएपछि सोही सीपको परीक्षा दिनुपर्नेछ ।

नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment