Comments Add Comment

बुटवलको कालिका मानव ज्ञानका सौगातको जीपीए ४ दावी

१० असार, बुटवल । बुटवलको कालिका मानव ज्ञान माविका छात्र सौगात पाण्डेले माध्यमिक शिक्षा परीक्षा (एसईई ) नतिजामा जीपीए ४ अंक प्राप्त गरेको विद्यालयले दावी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजामा भने सौगातले ३.९६ जीपीए ल्याएका छन् ।

सिम्बोल नंं ८४८००२७ भी भएका सौगात प्राविधिक धारतर्फका विद्यार्थी हुन् । विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकका अनुसार सौगातको मार्कसिटमा नेपाली विषयको प्राक्टिकलको अंक समावेश छैन ।

सौगातको मार्कसिटमा नेपाली विषयमा सैद्धान्तिकमा ग्रेड ए र कूल ३.६ अंक प्राप्त गरेको उल्लेख छ तर प्राक्टिकलको ठाउँमा खाली देखाइएको छ ।

प्राक्टिकलको अंक जोड्दा सौगातको नतिजा जीपीए ४ पुग्ने विद्यालयको दावी छ । ‘नेपाली विषयको २५ पूणर्ाकको प्राक्टिकलमा सौगातले २५ नै ल्याएका छन्, त्यो जोड्न छुटेको छ, हामीले परीक्षा नियन्त्रण कार्यालयलाई जानकारी गराइसकेका छौं, प्राक्टिकलको अंक जोडेर आउँदा जीपीए ४ पुग्छ ‘- पाठकले भने ।

नेपालकै सबैभन्दा धेरै विद्यार्थी संख्या भएको कालिका मानव ज्ञान माविबाट ३६४ जनाले एसईई दिएकामा अर्का विद्यार्थी आविश्कार थापा क्षेत्रीले पनि ३.९६ जिपिए ल्याएका छन् । उनी पनि प्राविधिक धारका विद्यार्थी हुन् ।

विद्यालयका सन्तोष भण्डारी र विशाल पाण्डेले ३.९ जिपिए ल्याएका छन् । सो विद्यालयबाट १०६ जनाले ए प्लस, १४७ जनालेे ए, ८० जनाले बी प्लस, २९ जनाले बी र २ जनाले सी प्लस ल्याएका छन् ।

साविकको कालिका मावि ०७४ सालमा देशभरका सामुदायिक विद्यालय मध्ये सर्वोत्कृष्ट भई शिक्षा मन्त्रालयबाट २ लाख नगद पुरस्कारसहित पुरस्कृत विद्यालय हो । यही वर्ष मात्रै बुटवल वडा नं १० कै मानव ज्ञान माविसंग मर्ज भएर कालिका मानव ज्ञान भएको विद्यालयमा माध्यमिक तहसम्म मात्रै ५ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment