Comments Add Comment

फेसबुकको नयाँ फिचर, अब फेसबुक चलाउने दैनिक समय आफै निर्धारण गर्नुस्


सोसल नेटवर्किङ साइट फेसबुकले एउटा नयाँ फिचर ल्याउने भएको छ । योर टाइम अन फेसबुक नामक यस फिचरको सहयोगले अब प्रयोगकर्ताले आफुले फेसबुकमा व्यतित गरेको समय थाहा पाउनेछन् ।

हप्तामा हरेक दिन कति समय फेसबुकमा बिताइयो तथा हरेक दिन फेसबुकमा खर्चिने औसत समय कति छ ? भन्ने जानकारी यस फिचरले दिनेछ ।

समाचार अनुसार यो नयाँ फिचरका माध्यमबाट प्रयोगकतालाई दिनहुँ फेसबुकमा बिताउने समयलाई सीमित गर्ने विकल्प पनि प्राप्त हुनेछ । साथै प्रयोगकर्तालाई आफ्नो फेसबुक नोटिफिकेसन्सलाई म्यानेज गर्नका लागि एउटा लिंक पनि प्राप्त हुनेछ ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हामी सदैव फेसबुकमा प्रयोगकर्ताको अनुभवलाई झनै उत्कृष्ट बनाउने कोसिस गर्दछौँ ता कि मानिसहरु यस प्लेटर्फमममा राम्रोसँग समय बिताउन सकून् ।’

यसअघि एप्पल र गुगल जस्ता कम्पनीहरुले पनि यो फिचर ल्याइसकेका छन् । जसबाट मानिसहरुले कम्प्युटर तथा स्मार्टफोनमा बिताउने आफ्नो समयमा नियन्त्रण कायम गर्न सक्दछन् ।

फेसबुकले ल्याउने यो स्व अनुगमन फिचर निकै महत्वपूर्ण हुन सक्दछ । किनकी आइओएस र एन्ड्रोइडले आफ्नो प्लेटर्फममा यसअघि नै यो फिचर लञ्च गरिरहेका छन् ।

प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा कुन एपमा कति समय बिताएको छ भन्ने थाहा पाउनुका साथै कुनैपनि एपमा बिताउने समय आफै निर्धारण गर्न सक्दछ ।

फेसबुकका अनुसार यो फिचर परीक्षणमा रहेको फेसबुकले जनाएको छ । यद्यपि सबै प्रयोगकर्ताका लागि कहिले लञ्च हुने भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment