Comments Add Comment

माटोको मटुलो किन्न तछाडमछाड


संसारमा अनेक प्रकारका मान्यता तथा परम्परा रहेका छन् । यस्ता मान्यता चाहे जति नै रुढीग्रस्त तथा महंगा नै किन नहोउन् मानिसहरु पालना गर्न हिच्किचाउँदैनन् ।

कतिपय परम्परामा चाहिा निकै नै सामान्य तथा व्यर्थको लाग्ने कुराका लागि समेत मानिसहरु मरिहत्ते गर्दछन् । यस्तै परम्परा भारतको मध्यप्रदेशमा रहेको छ, जहाँ मानिसहरु माटोको मटुलो किन्नका लागि तछाडमछाड गर्दछन् ।

भारतको मध्यप्रदेशस्थित शिवपुरीमा रहेको प्राचीन शक्तिपिठ राजेश्वरी माताको मन्दिरमा हरेक वर्ष मटुलोको मेला लाग्दछ । मार्च महिनामा लाग्ने उक्त मेलामा मटुलो किन्नको ठूलो भिड हुन्छ ।

उक्त मेलामा किनेको मटुलो निकै शुभ हुने र त्यसलाई घरमा राखेमा घरमा अभाव र अनिकाल नहुने तथा धनलाभ प्राप्त हुने जनविश्वास रहेको छ । सोही कारण हरेक वर्ष मटुलो किन्नका लागि लाखौँ मानिसहरु मन्दिरमा आउँदछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment