Comments Add Comment

सन्तान सुख :  निःसन्तान दम्पतिको छटपटी र उमंगको कथा


हरेक दम्पतीको चाह हुन्छ, सानो र प्यारो बच्चा होस् । बच्चालाई काखमा राखेर ममतामयी हातहरूले स्पर्श गर्न पाइयोस् । बुइमा बोकेर ‘हट घोडा हट’ खेलाउन पाइयोस् । बच्चाको पुक्क परेको कोमल हातले आफ्नो नाकमा धक्का देओस् । कान लुछिदेओस् ।

तर, बच्चाप्रतिको यो तिर्सना सबै दम्पतिले मेट्न पाउँदैनन् । विभिन्न कारणले कतिपय दम्पतिको कोख रित्तो हुनपुग्छ । जब त्यही दम्पति आफ्नै सन्तानको कल्पनामा डुब्छन्, उनीहरूलाई कस्तो अनुभूति हुँदो हो ?

यस्तै अनुभूतिलाई सँगालेर तयार गरिएको पुस्तक हो, सन्तान सुख । निःसन्तान दम्पतीले सन्तान प्राप्त गरिसकेपछिको अपार खुसी र त्यसअघिको छटपटीलाई पुस्तकले उधिनेको छ ।

पुस्तकमा एउटा यस्तो अंश छ, ‘बच्चाले घाँटीमा हालेको अँगालो आमाको लागि सर्वाेत्कृष्ट गहना हो । बच्चा नभएको घर भुतको घरजस्तै सुनसान र एकलासको हुन्छ ।

जब बच्चा जन्मन्छ । उसले धेरै नयाँ जन्म लिएर आउछ । धेरै नाता ऊसँगै जन्मन्छन् । सृष्टिको निरन्तरता हो बच्चा । नयाँ वा नौलो हरेक चीजप्रति मान्छे आकषिर्त हुन्छ । बच्चा पनि नयाँ नौलो हुन्छ । बच्चा जन्मिएर पहिलोपल्ट हातमा पर्दा हुने खुशीलाई बुद्धले जागरणसँग लगेर जोडेका छन् ।

यस्तै मर्मस्पर्शी अनुभव र अनुभूति समेटिएको पुस्तक ‘सन्तान सुख’ शनिबार लोकार्पण भएको छ । गोकर्ण गल्फ रिसोर्टमा आयोजित कार्यक्रममा डाक्टर उमा श्रीवास्तवद्वारा लेखिएको पुस्तक वरिष्ठ डक्टर एलबी थापाले लोकार्पण गरेका हुन् ।
कार्यक्रममा बोल्दै डक्टर एलबी थापाले नेपाली जनमानसमा यस्तो खालको पुस्तक आउनुपर्ने थियो आयो भन्दै आफ्नो खुसी व्यक्त गरेे । उनले भने, ‘नेपालमा डाक्टरहरूले आफ्नो अनुभव लेख्नै पर्नेमा त्यो काम डाक्टर उमा श्रीवास्तवले गरेर नेपाली साहित्य र चिकित्सा क्षेत्रलाई नै गुन लगाउनुभयो ।’

कार्यक्रममा उपस्थित डाक्टर भोला रिजालले निःसन्तानका लागि आफू पनि लामो समय लागिरहेको छु लेखनको लागि समय निकाल्नै गाह्रो हुन्छ तर कुन बेला डाक्टर उमाले समय निकालेर यति राम्रो पुस्तक निकाल्नुुभयो भन्दै खुसी व्यक्त गरे । आफूहरू सबैलाई छक्क पार्ने गरी आएको यो पुस्तक आफूले पढेको र निकै रोचक लागेको उनको भनाइ थियो ।
कार्यक्रममा डाक्टर सानुमैया दलीले डक्टर उमालाई हिजो भेटेजस्तो लाग्छ, आज उमाले खोलेको निःसन्तान केन्द्रले २५ वर्ष मनाइवरि आफ्नो बारेमा पुस्तक समेत लेखेर आश्चर्यमा पारेको बताइन् ।

लेखक श्रीवास्तवले आफूले आफ्नो भोगाइ समेटिएको पुस्तक सन्तान-सुख आफ्नो लागि भन्दा पनि निःसन्तान दम्पतिले घचघच्याएकाले लेखेको बताइन् । यो पुस्तक लेख्दा आफूले निःसन्तान दम्पतिलाई धेरैपल्ट सम्झेको र उनीहरूका लागि दस्तावेज बन्नसक्छ भनेर लेखेको बताइन् ।

पुस्तक लेखन र प्रकाशन गरेको संस्था घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले मान्छेका कथा आफूहरूलाई आश्चर्यजनक, अप्ा्रत्याशित एवं अनौठो लाग्ने हुनाले आफूहरू त्यसमा लागिपरेको बताउँदै यो पुस्तक नेपाली पाठक र बजारको लागि नयाँ स्वाद हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment