Comments Add Comment

क्रुजको गोलले जर्मनीमा देखियो दम्भ, विपक्षीले प्रतिवाद गर्दा तनाव

काठमाडौं । विश्वकपमा शनिबार राति भएको समूह ‘एफ’को खेलमा जर्मनीले अन्तिम समयमा रोमाञ्चक जित निकालेपछि जर्मन व्यवस्थापन टिमका सदस्यहरुले दम्भ प्रर्दशन गरेको भन्दै स्वीडेनले आक्रोश व्यक्त गरेको छ ।

खेलको अन्तिम समयमा जर्मनीका टोनी क्रुसले उत्कृष्ट पि|mकिक मार्फत बललाई जाली चुमाएपछि जीतको खुसीयाली मनाउँदा जर्मन व्यवस्थापन टिमका सदस्यहरुले उत्तेजित भएर स्वीडिस बेञ्चमा रहेकाहरुमाथि अपमानजनक संकेत गरेका थिए ।

त्यसपछि टचलाइनमा स्थिति तनावपूर्ण बन्यो । स्वीडिस प्रशिक्षक जेन एन्डसरनका अनुसार जर्मनीको त्यस्तो हर्कतले उनलाई रिस उठाएको थियो । ‘समूहका केही सदस्यहरु जीतको खुसीयाली मनाउन हामी भएतिर दौडँदै आए र हाम्रो अनुहारमा कोपरेको जस्तो संकेत गरे’ उनले भने ।

भिडियो फुटेजहरुमा जर्मन स्टाफका एक सदस्य स्वीडिस भएतिर गएर उनीहरुको मजाक उडाउँदै अपमानजनक संकेत गरेको देख्न सकिन्छ ।

त्यसपछि स्वीडेनको बेन्च आक्रामक रुपमा प्रस्तुत भयो र उनीहरुले जर्मन स्टाफ टिमका ती सदस्यलाई मज्जाले धकेलेको देख्न सकिन्छ ।

साइडलाइनमा धकेलाधकेल चल्दै गर्दा स्वीडिस खेलाडी मार्टिन ओल्सनले पनि स्थितिलाई आफ्नो हातमा लिँदै जर्मन पक्षतिर बोत्तलको पानी छ्यापिदिए ।

खेल गोलरहित भएको अवस्थामा एक स्पष्ट पेनाल्टी नदिइएकोमा पनि स्वीडिस पक्षले आक्रोश व्यक्त गरेको थियो । तर, त्यसको केही समयपछि नै ओला टोइभोनेनको गोलमा स्वीडेनले अग्रता लियो ।

दोस्रो हाफको सुरुवातमा मार्को रुसले जर्मनीको लागि गोल गर्दै बराबरी गरेका थिए । खेलको ८२ औं मिनेटमा जर्मनीका डिफेन्डर जेरोमे बोटेङ दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि खेल बराबरीमा रोकिने सम्भावना धेरै बढेको थियो ।

तर, इन्ज्युरी समयको अन्तिम मिनेटमा पाएको पि|mकिकलाई उत्कृष्ट गोल गर्दै टोनी क्रुसले जर्मनीलाई जित दिलाए ।

जर्मनीका प्रशिक्षक जोचिम लोले भने स्वीडिस पक्षले लगाएको आरोपको खण्डन गरेका छन् । ‘मैले त्यस्तो केही पनि देखिनँ,’ लोले भने, ‘कसले त्यस्तो संकेत गर्‍यो ? के मैले त्यस्तो गरेँ ? हामी अरु नै कुरामा ध्यान दिएका थियौं । हामीले एक अर्कालाई अंकमाल गर्‍यो । मैले त त्यस्तो दम्भपूर्ण व्यवहार गरेको छैन ।’

तर, स्वीडिस पक्षले भने केही जर्मनहरु पछि माफी माग्न ड्रेसिङ रुममा आएकोसमेत दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment