Comments Add Comment

हृयारी केनको इंग्ल्याण्डलाई पानामाको थ्रोइङको डर


१० असार, काठमाडौं । पहिलो खेलमा ट्युनिसियाविरुद्ध नाटकीय जित निकालेको इंग्ल्याण्डले आइतबार बेलुका पौने ६ बजे पानामासँग खेल्दै छ । पानामा पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको थियो ।

समूह ‘जी’ मा ट्युनिसियाविरुद्ध हृयारी केनले ११ औं मिनेटमा गरेको गोलले अग्रता बनाए पनि इंग्लाण्ड ३५ औं मिनेटमा बराबरीमा पुगेको थियो । केनले नै थपिएको समयमा गोल गर्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएका थिए ।

पहिलो खेलमा कमजोर बनेको पानामाका लागि इंग्ल्याण्डको युवा टोलीलाई रोक्ने चुनौती छ । इंग्ल्याण्डले जित निकाले अन्तिम १६ मा स्थान पक्का हुनेछ ।

पहिलो खेलमा घाइते रहेका इंग्ल्याण्डका डेल अलि पानामाविरुद्धको खेलमा हुने छैनन् । उनको स्थानमा कसलाई राख्ने भन्ने तय भइसकेको छैन ।

पानामाको डिफेन्स लाइन र उत्कृष्ट थ्रोइङ इंग्ल्याण्डका लागि चिन्ताको विषय बनेको छ । पानामाका डिफेन्डर एडोल्फो माचाडोको उत्कृष्ट थ्रोइङ फ्री किक बराबर हुन्छ ।

बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूहमा पानामा आफ्नो पहिलो विश्वकपमा छ । फिफा वरियतामा ५५ औं स्थानमा रहेको पानामा अन्तिम छनोट खेलमा कोस्टारिकालाई २-१ ले हराएर विश्वकपमा आएको हो ।

चार लाख जनसंख्या रहेको पानामा विश्वकपसम्म आइपुग्नु नै ठूलो उपलब्धी हो । यस्तोमा राम्रा मानिएका टोलीविरुद्ध चुनौती पेश गर्न सके पानामाको विश्वकप सार्थक हुनेछ ।

पानामाले पछिल्लो ११ खेलमा एक खेल मात्रै जितेको छ । दुई खेल बराबरी गरेको छ भने ८ खेल हारेको छ । पानामाले विश्वकप छनोटमा ३ खेल जितेको थियो । ४ खेल बराबरी गरेको उसले ३ खेल हारेको थियो । जसमा ९ गोल गरेको थियो भने १० गोल खाएको थियो ।

यसपटक युवा टोली लिएर विश्वकप खेलिरहेको इंग्ल्याण्डले सन् १९५० बाट विश्वकप खेल्न थालेको हो । इंग्ल्याण्डले सन् १९६६ को विश्वकप जितेको थियो । त्यसपछि आधुनिक फुटबलमा इंग्ल्याण्डको चर्चा भइरहे पनि विश्वकपमा उल्लेख्य खेल देखाउन सकेको छैन ।

सन् २०१४ को विश्वकप र २०१६ को युरोकप हेर्दा इंग्ल्याण्ड टिमको आलोचना हुने गरे पनि यो पटक निकै भिन्नता देखिएको छ । विश्वकपमा इंग्ल्याण्ड ६ पटक क्वार्टरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ ।

इंग्ल्याण्डले अहिलेसम्म विश्वकपमा २७ खेल जितेको छ । २० खेल बराबरी गरेको छ । १६ खेल हारेको छ । जसमा ८१ गोल गरेको छ भने ५७ गोल खाएको छ ।

विश्वकप छनोटमा इंग्ल्याण्डले ८ खेल जितेको थियो भने दुई खेल बराबरी गरेको थियो । जसमा १८ गोल गरेको इंग्ल्याण्डले ३ गोल खाएको थियो ।

हेर्न पर्ने खेलाडी

ब्लस पेरेज – पानामा

पानामाका ब्लस पेरेज अनुभवी खेलाडी हुन् । सन् २००१ देखि पानामाको राष्ट्रिय टोलीमा रहेका ३७ वषर्ीय उनले १ सय १३ खेलमा ४३ गोल गरेका छन् । उनी पानामाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

फरवार्ड लाइनमा रहेर पनि बल नियन्त्रण गर्ने र खेल मिलाउने उनको शैली राम्रो छ । ग्वाटेमालाको म्युनिसिपल क्लबबाट व्यावसायिक फुटबल खेल्ने उनले राष्ट्रिय टोलीबाट पनि राम्रो प्रभाव पारेका छन् । चार पटक विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका उनले ११ गोल गरेका छन् ।

मुनिसिपलबाट उनले यो सिजन सिजन १३ गोल गरेका छन् । बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूह ‘जी’ मा पानामा आˆनो पहिलो विश्वकप खेल्दै छ । जसका लागि पेरेजको अनुभव महत्वपूर्ण छ । उनीमाथि प्रशिक्षक हर्नान डेरियो गोमेजको पनि ठूलो भरोसा रहेको छ ।

हृयारी केन – इंग्ल्याण्ड

विश्वकपको पहिलो खेलमा ट्युनिसियाविरुद्ध दुई गोल गरेर उनले आफ्नो क्षमता देखाइसकेका छन् ।

इंग्लिस क्लब टोटनहृयामबाट प्रिमियर लिगमा प्रभाव पारेका केन इंग्ल्याण्ड टिमका भरपर्दा स्ट्राइकर हुन् । विश्वकपमा इंग्ल्याण्ड टिमका कप्तानी सम्हाल्न थालेका उनले इंग्लिस प्रिमियर लिगमार्फत नै आफ्नो खुबी देखाएका हुन् ।

उनलाई सन् १९९६ को फिफा वर्ष खेलाडीको सूचीमा तेस्रो स्थानमा आएका एलन शिएररसँग पनि तुलना गरिन्छ । २४ वर्षका केन कडा मेहनत गर्छन्, अनुशासित व्यवहार देखाउँछन् । समयको महत्व र कुरा बुझ्ने उनको क्षमता राम्रो छ ।

उनकै बलमा टोटनहृयामले पि्रमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपको मुखैमा आएर ठूलो विश्वाससहित कप्तानको जिम्मा केनलाई थमाएबाट उनी उनको महत्व प्रष्ट हुन्छ ।

उनले सन् २०१७/१८ मा टोटनहृयामबाट ४४ खेल खेल्दै ३७ गोल गरेका थिए । उनी सन् २०१५ बाट इंग्ल्याण्ड टिममा छन् । जसमा २४ खेलमा १३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment