Comments Add Comment

असोजभित्र सबै कानुन आइसक्छन् : सभामुख महरा


१०, असार, चितवन । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि आवश्यक सबै कानुन आगामी असोज २ गतेभित्र प्रतिनिधिसभाबाट पारित गरिसक्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाको आइतबार उद्घाटन सर्दै सभामुख महराले धेरै कानुन बन्न बाँकी रहेकाले स्थानीय तहसम्मलाई हुने गरी नयाँ कानुनहरु ल्याइने बताए । कानुन नहुँदा स्थानीय तथा प्रदेश तहमा समस्या आएको उनको भनाइ छ ।

सभामुख महराले नयाँ कानुनहरू लागुपछि संघीयताको प्रष्ट कार्यान्वयन भएको देखिने बताए । केन्द्रमा रहेका स्रोत र साधानहरूलाई तल जनतासम्म गरी संघीयता कार्यान्वयन सम्वन्धी कानुन आउने उनले प्रस्ट पारे ।

संघीयता पक्षधरहरू यसको सफल कार्यान्वनका लागि एकजुट हुनुपर्ने उनको विचार छ । केन्द्र सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली नीतिलाई स्थानीय तहसम्म कार्यान्वयनको पक्षमा लैजान सभामुख महराले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment