Comments Add Comment

भरतपुर महानगरले ल्यायो ३ अर्ब ३४ करोडको बजेट

रिङरोडदेखि फ्लाइओभरसम्मका सपना

१० असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले दोस्रो नगरसभा मार्फत तीन अर्ब ३४ करोड ५ लाख ८६ हजार रूपैयाँको बजेट ल्याएको छ ।

चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ ४ करोड ५० लाख, पूर्वाधार तथा सहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापन १२ करोड, संस्थागत विकास तथा सेवा प्रवाहमा ३५ करोड ६४ लाख विनियोजन गरिएको छ ।

महानगरलाई संघीय सरकारले अनुदानका रूपमा ७७ करोड (सशर्त), ४६ करोड -समानीकरण) रुपैयाँ बजेट छुट्याएकोे छ । यस्तै प्रदेश सरकारले १३ करोड -सशर्त), १ करोड ४४ लाख (समानीकरण) रुपैयाँ बजेट छुट्याएको छ। आगामी आवमा करिब ५५ करोड रुपैयाँ राजस्व तथा आन्तरिक आय प्राप्त हुने प्रक्षेपण छ ।

बजेटमा विकास निर्माणका लागि वडास्तरका भेलाहरुबाट आएका योजना र विज्ञहरुको रायसुझावलाई प्राथमिकता दिइएको छ । मेयर रेनु दाहालले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि बजेट प्रस्तुत गर्दै चालु बर्षमा कार्यान्वयन गर्न नसकिएका योजनाहरुलाई आगामी आर्थिक बर्ष पूरा गर्ने बताइन् ।

पहिलो नगरसभाले चालु आवका लागि ३ अर्ब ५० लाख बराबरको बजेट विनियोजन गरेको थियो ।

यसपटक ठूलो आयोजनालाई प्राथमिकतामा राखिएको छ । महानगरले समृद्ध नेपाल, सुखी नेपाली भन्ने संघीय सरकारको नारालाई आत्मसाथ गर्दै ‘हाम्रो प्रतिवद्धता हाम्रो रहर, सुन्दर र समृद्ध भरतपुर महानगर’ नारा तय गरेको छ ।

बजेटमा ५० लाखमाथिका नगरस्तरीय योजना बढि छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बहुवषर्ीय योजना, मर्मत सम्भारका लागि छुट्टाछुट्टै कोष खडा गरिने जानकारी दिए । महानगरले सोमबारपछिका २ दिन छलफल पश्चात नीति, कार्यक्रम तथा बजेट पारित गर्ने तयारी गरेको छ ।

रिङरोडदेखि फ्लाइओभरका योजना

पहिलो नगरसभाले समेत ल्याएका अधिकांश महत्वकांक्षी योजना चालु आर्थिक बर्षमा सुरु नै भएनन् । नारायणगढमा फ्लाइओभर राख्नेदेखि रिङरोड बनाउनेसम्मका योजना अलपत्र परे । यसपटक पनि त्यसले निरन्तरता पाएको छ ।

स्मार्ट सिटी, मेडिकल सिटी, रिङरोड, नारायणी नदी किनारको चौरमा पर्यटकीय पार्क, क्रिकेट मैदान, सिटी हल जस्ता विषय यसपटक पनि समेटिएका छन् ।

भरतपुर महानगरको गौरवको आयोजनाको रुपमा लिईएको रिङरोड र लिङक रोड यही महिना भित्रै शिलन्यास गरी निर्माण प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भरतपुरका मूख्य तीन स्थानमा आकाशे पुल निर्माण, मूख्य चोकहरुमा अत्याधुनिक ट्राफ्रिक लाइट जडान, भरतपुर विमानस्थलको स्तरोन्नती, मेघौली विमानस्थल सञ्चालन, देवघाटधाममा विद्युतीय शवदाह गृह स्थापना गर्ने योजनालाई विशेष प्राथमिकतामा राखिएको छ ।

महानगरले पूर्वाधार विकास तर्फ सार्वजनिक नीजि साझेदारी कार्यक्रमलाई जोड दिँदै कल्भर्ट निर्माण, चौडा सडक तथा कालोपत्रे निर्माण, पार्किङ व्यवस्थापनलाई जोड दिएको छ ।

लायन्सचोकस्थित तरकारी मण्डी रहेको स्थानमा अत्याधुनिक व्यापारिक भवन, साईकल लेन, नारायणी नदी तटबन्धन र समुन्ऽी तट मोडलसहितको मनोरञ्जन पार्क निर्माण जस्ता महत्वकांक्षी योजना समेत ल्याएको छ ।

भू-उपयोग नीति तयार गरी जमिनको व्यवस्थापन, अटो ल्याण्ड निर्माण, विकास निर्माणमा गुणस्तरीयता कायम गर्न निर्माण सामाग्री परीक्षण प्रयोगशाला स्थापना र विभिन्न स्थानमा ढल प्रशोधन केन्ऽ निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उत्पादनको आधारमा अनुदानको व्यवस्था, विज भण्डारण स्थापना, प्राङगारिक खेतीलाई प्रोत्साहन र घर भित्रको फोहोर घर भित्रै व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको छ ।

सामाजिक विकास तर्फ शिक्षा र स्वास्थ्य र खेलकुदमा विशेष जोड दिईएको छ । जस अन्र्तगत इन्जिनियरिङ कलेज स्थापना, मेडिकल सिटीका लागि आवश्यक पूर्वाधारको विकास, भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गरिने उल्लेख गरिएको छ । भरतपुर अस्पतालमा महिला तथा जेष्ठ नागरिकलाई दिँदै आइएको निःशुल्क बहिरंग सेवालाई निरन्तरता, युवा तथा महिला लक्षित कार्यक्रमलाई पनि जोड दिइएको छ ।

नीति तथा कार्यक्रममा मेयरसँग नगरवासी कार्यक्रम, सबै कार्यालय सूचना मैत्री, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने अभियान र आर्थिक कार्यप्रणाली चुस्त र दुरुस्त बनाई वित्तिय सुशासन कायम गर्ने उल्लेख गरिएको छ ।

२९ वडालाई ३१ करोड

भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडालाई कुल ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

चालु आर्थिक बर्षमा एक करोड रकम दामासाहीले प्रत्येक वडालाई दिइएको थियो । तर, यसपटक वडाको जनसंख्या र भूगोलको आधारमा वडाले पाउने बजेटमा सामान्य तलमाथि गरिएको छ । पहिलाको सिंगो कविलास गाविस रहेको हालको वडा नः २९ ले सबैभन्दा बढी एक करोड १५ लाख, वडा नम्बर १०, वडा नः १५ देखि १७, २३, २५,२६, २७ र २८ ले एक करोड १० लाखका दरले र बाँकी १९ वटा वडाले एक करोड पाँच लाखका दरले रकम पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment