Comments Add Comment

पुल्चोकस्थित राष्ट्र संघको आन्तरिक क्लिनिक बन्द ! कर्मचारी भन्छन्- तुरुन्तै खोलियोस्

राष्ट्र संघभित्रै ट्रेड युनियन आन्दोलित !

१० असार, काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयले आफ्ना कर्मचारीहरूका लागि सञ्चालन गर्दै आएको आन्तरिक क्लिनिक बन्द गर्ने निर्णय गरेकामा कर्मचारीले आपत्ति जनाएका छन् ।

सञ्चालन खर्च बढी लागेको लगायतका कारण देखाउँदै क्लिनिक बन्द गरिएको विषयप्रति कर्मचारीहरुले आपत्ति जनाएका हुन् ।

राष्ट्रसङ्घीय निकायका कर्मचारीको प्रतिनिधित्व गर्ने साझा संस्था र यसका आठ निकायका कर्मचारी सङ्गठनका प्रतिनिधिले राष्ट्रसङ्घको नेपाल कार्यालयकी आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डलाई ज्ञापन पत्र लेख्दै क्लिनिक बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

“आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुको सट्टा हामी दशकौँदेखि चलिरहेको सेवा बन्द गर्ने निर्णय गर्दैछौँ,” उनीहरूले पत्रमा भनेका छन्, “कर्मचारीको समग्र सुस्वास्थ्यलाई क्लिनिक चलाउन हरेक वर्ष लाग्ने खर्चसँग तुलना गरिनु न्यायोचित हुँदैन ।”

क्लिनिकलाई कुनै रोगको रोकथामका लागि मात्र नभएर समग्र कर्मचारीलाई कामका लागि तयार गर्ने निकायका रूपमा बुझ्न र नेपालजस्तो प्राकृतिक विपदको जोखिम रहेको देशमा यस्ता संरचनाले कर्मचारीको आत्मबल बढाउने कुरा बुझिदिन उनीहरूले आग्रह गरेका छन् ।

यस्ता विषयमा निर्णय लिनु अगाडि आगामी दिनमा कर्मचारी तथा तिनका प्रतिनिधिसँग छलफल गरिनुपर्ने उनीहरूको माग छ ।

गत जेठ २८ गते प्रेषित पत्र राष्ट्र सङ्का सबै निकायका नेपालस्थित कार्यालयका प्रमुखहरुलाई पनि बुझाइएको छ ।

हेर्नुहोस् ज्ञापनपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment