Comments Add Comment

आफुभन्दा जेठी स्वस्तिमासंग प्रेम गर्ने अभिषेकको कथा ‘नाईं नभन्नू ल ५’

नेपाली चलचित्रहरुको सिक्वेलमा सबैभन्दा बढि श्रृंखला बनाइएको र सफल पनि हुने गरेको चलचित्र ‘नाइँ नभन्नु ल’ को पाँचौ सिक्वेलमा लेखक निर्देशक विकासराज आचार्यले १९ बर्षिय किशोर अभिषेक नेपाललाई पर्दापण गराउँदैछन् । उनी नायिका स्वस्तिमा खड्काको जोडी भएर पर्दामा देखा पर्ने बुझिएको छ ।

आज चलचित्रको फस्टलुक भनेर दुई पोस्टर सार्वजनिक गरेका निर्देशक आचार्यले १९ बर्षिय अभिषेकले आफुभन्दा जेठी युवती स्वस्तिमासंग प्रेम गर्ने बिषयलाई चलचित्रको कथा बनाइएको बताएका छन् ।

पोस्टरमा बाल अभिनेता अनुभव रेग्मीलाई बाल अभिनेत्री सेडि्रना शर्मासंग देख्न सकिन्छ । सेडि्रना शर्मा चलचित्र ‘नाइँ नभन्नु ल ५’ मा नायिका वर्षा शिवाकोटीको माध्यमबाट प्रवेश पाएकी हुन् । निर्देशक आचार्यका अनुसार वर्षा शिवाकोटीले एउटा विज्ञापन खेल्दा चिनेको सेडि्रनालाई उनीसंग परिचय गराएपछि चलचित्रको एक मुख्य बाल अभिनेत्रीको भूमिकामा उनलाई लिइएको हो । संगम स्विटसका सञ्चालक संगम शर्माकी छोरी सेडि्रना शर्माले अनुभव रेग्मीसंग स्क्रिन शेयर गर्नेछिन् ।

भदौं ८ गते रिलिज हुने चलचित्र ‘नाईं नभन्नु ल ५’ पहिलेको झैं यो पटक पनि फेमली ड्रामा नै हो, तर यसमा प्रेमकथालाई पनि उत्तिकै महत्व दिइएको निर्देशक आचार्य बताउँछन् । धेरैपछि निरुता सिंह र दिलिप रायमाझीको जोडीलाई पनि देख्न पाइने चलचित्र ‘नाइँ नभन्नु ल ५’मा कलाकारहरुको जम्बो टोली छ । यसमा केकी अधिकारी, प्रियंका कार्की, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारहरु पनि छन् ।

चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment