Comments Add Comment

धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ८० करोड


१० असार, धनगढी । धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभाले आर्थिक बर्ष २०७५/०७६ का लागि १ अर्ब ७९ करोड ३४ लाखको अनुमानित आय-व्यय (बजेट) प्रस्तुत गरेको छ ।

जसमा चालु खर्च ८० करोड ४९ लाख र पूँजीगत खर्च ९८ करोड ८५ लाख रहेको छ ।

बजेटमा विद्यालयसंग मेयर कार्यक्रम, पूर्वाधार विकास, कृषिमा आधुनिकरण तथा ब्यवसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, उद्यम र सहकारिताको विकास, पर्यटन प्रवर्द्धन तथा सूचना प्रविधि र सञ्चार क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

नगर क्षेत्रभित्र रहेका सडकको स्तरोन्नति गरेर बाह्रै महिना चल्ने बनाउने, नगरमा विद्युतको सुदृढीकरण र वैकल्पिक उर्जाको प्रवर्द्धन, गरिबी र पछौटेपनको अन्त्य, थारु समुदायलगायत विभिन्न समुदायको कला संस्कृति, साहित्यको प्रवर्द्धन गर्नेलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको छ ।

दलित, जनजाति, लोपोन्मुख, सीमान्तकृत, गरिबका लागि रोजगार तथा अन्य आयआर्जनका कार्यक्रम सञ्चालन गरिने समेत बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment