Comments Add Comment

विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब ४७ करोडको बजेट

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक बर्ष ०७५/७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार ल्याएको छ ।

महानगरपालिकाले आइतबार दोस्रो नगरसभामा मेयर भीम पराजुलीले महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना/क्षेत्रीय शहरी विकास परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाख गरी ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार को बजेट सार्वजनिक गरेका हुन् ।

महानगरपालिकाको आयतर्फ आन्तरिक स्रोतबाट ५४ करोड ३ लाख, राजश्व बाडफाँटबाट ३७ करोड ५ लाख, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ५३ करोड ८७ लाख रुपैयाँ समावेश गरेको छ ।

त्यसैगरी विषयगत कार्यालयको ४४ करोड ९६ लाख, संघीय सरकार समपूरक र विशेष अनुदानबाट १० करोड, संघीय सरकार सशर्त अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगर विकास कोषको ऋण सहयोग १ करोड ८० लाख, मौज्दात ७ करोडसहित जम्मा २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

बजेटको खर्चमा चालुतर्फ ३३ करोड ६८ लाख ५२ हजार, सामाजिक सुरक्षा भत्तामा २० करोड, भौतिक पूर्वाधारका लागि ३ अर्ब २५ करोड ३ लाख ३३ हजार विनियोजन गरिएको छ ।

महानगरपालिकाले शहर व्यवस्थापन, बाढीका कारण समस्यामा परेका जनताको व्यवस्थापन, खोला नियन्त्रण, सूचना प्रविधिको विकास, बेटी बचाउ अभियानलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

महानगरलेे बजेट मार्फत ‘सफासुन्दर, सुरक्षित र सक्षम विराटनगर’को अवधारणा सहित प्रदेश राजधानीका लागि विराटनगरको भौतिक विकासलाई प्राथकिमता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment