Comments Add Comment

मंगलसेन नगरपालिकाको बजेट ४६ करोड ९६ लाख

१० असार, अछाम । मंगलसेनको नगरसभाले आर्थिक वर्ष ०७५/७६ का लागि ४६ करोड ९६ लाख १२ हजारको वजेट विनियोजन गरेको छ ।

उपप्रमुख सरिता उपाध्यायले आइतबार मंगलसेन गरपालिकाको दोश्रो नगरसभामा उक्त रकमको बजेट पेश गरेकी थिइन् ।।

उक्त रकमलाई क्षेत्रगत बरुपमा विभाजन गरी आर्थिक विकासमा एक करोड ७८ लाख, सामाजिक विकासमा पाँचकरोड सात लाख ५३ हजार, पूर्वाधार विकासमा पाँच करोड ९२ लाख २८ हजार, वातावरण तथा विपत व्यवस्थापनमा ५० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिकमा आठ करोड चार लाख ३३ हजार रुपैया विनियोजन गरिएको छ । यस्तै संस्थागत विका तथा सेवा प्रवाहमा २० लाख वित्तिय व्यवस्थापन र सुशासनमा १० लाख, विषयगत शाखाको सशर्तमा २५ करोड ३३ लाख ९८ हजार रकमको बजेट उपप्रमुख उपाध्यायले सभामा प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत गरिएको बजेटमा आन्तरिक राजस्वबाट ४७ लाख ५५ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २० करोड १४ लाख ५९ हजार अन्य सशर्त अनुदानबाट २६ करोड ३३ लाख ९८ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

अघिल्लो आर्थिक चालु आर्थिक वर्षको कुल वार्षिक आम्दानी ५५ करोड २ लाख ४५ हजार बढी थियो । बजेट प्रस्तुत हुँदासम्म उक्त रकमको ६१ दशमलव २३ प्रतिशत रकम मात्र खर्च भएको छ ।

‘कृषि, स्वास्थ्य, शिक्षा र घरघरमा धारा,, नमुना नगर बनाउन जुटौं नगरवासी सारा’ भन्ने मुल नाराका साथ क्षेत्रगत रुपमा नीति, बजेट तथा कार्यक्रमहरु तर्जुमा गरेर नगरसभामा प्रस्तुत गरिएको थियो ।

बजेटमा वडा केन्द्रसम्म सडक निर्माण र स्तरोउन्नती, नगरका सबै घरहरुमा स्वच्छ खानेपानीको व्यवस्था, रोजागारीका अवसरहरुको पहिचान र प्रोत्साहन, कृषिमा आधुनिकीकरण व्यवसायिकीकरण र यान्त्रिकरण, पर्यटन क्षेत्रको पहिचान, प्रचार, विकास र प्रर्वद्धन, शिक्षा, स्वास्थ्य र सरसफाइमा लगानी र सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार गर्ने बजेटका प्राथमिकता रहेका छन् ।

मंगलसेन नगरसभामा नगर प्रमुख पदमबहादुर बोहराले नीति र नगर उपप्रमुख सरिता उपाध्यायले बजेट पेश गरेकी थिए ।

नगरप्रमुख बोहराले प्रस्तुत गरेका २८ वटा विधेयकहरु समेत नगरसभाले ताली बजाएर एकैसाथ अनुमोदन गरेको छ ।

मंगलसेन नगरपालिकामा हालसम्म ३८ कानून निर्माण भएका नगर प्रमुख बोहराले जानकारी दिए ।

यस्तै साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी-जयगढ गाउँपालिकाले समेत गाउँसभामा आफ्नो नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment