Comments Add Comment

विश्वकपमा इंग्ल्याण्डको कीर्तिमानी जित, पानामाको पोष्ट आधा दर्जन गोल

१० असार, काठमाडौं । विश्वकप फुटबलको समूह ‘जी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध कीर्तिमानी जित निकालेको छ । ६-१ ले हराएर जारी विश्वकपकै फराकिलो अन्तरको जितमा रसियासँग बराबरी गरेको इंग्ल्याण्डले आफ्नो विश्वकप इतिहासकै धेरै गोलको कीर्तिमान पनि बनायो ।

सन् १९८६ मा पाराग्वे र पोल्याण्डलाई साथै सन् २००२ मा डेनमार्कलाई ३-० ले हराएपछि यो नै इंग्ल्याण्डको ठूलो अन्तरको जित हो ।

इंग्ल्याण्डका लागि कप्तान हृयारी केनले ६३ औँ मिनेटमा मैदान बाहिरिनु अघि हृयाटि्रक पूरा गरे । खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका उनले पहिलो हाफको थप समयमा दोस्रो गोल पेनाल्टीमार्फत नै गरे । यस्तै उनले ६२ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे ।

रसिया विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचिमा अगाडि आएका उनी विश्वकपमा हृयाट्रिक गर्ने इंग्ल्याण्डका तेस्रो खेलाडी पनि हुन् । यसअघि इंग्ल्याण्डका लागि १९६६ मा जियोफ रस्ट र १९८६ मा ग्यारी लिन्करले हृयाट्रिक गरेका थिए ।

खेलमा इंग्ल्याण्डले आठौं मिनेटमा स्टोन्सको गोलबाट अग्रता लिएको थियो । यस्तै ३६ मै मिनेटमा लिंगाडले गोल गरेका हुन् ।

पानामाका लागि फिलिप बालोयले खेलको ७८ औं मिनेटमा गोल गरे ।

खेलमा ६२ प्रतिशत समय बल इंग्ल्याण्डको नियन्त्रणमा थियो । इंग्ल्याण्डले प्रहार गरेका ११ सटमा ७ सट पोस्टको दिशामा थिए । यस्तै पानामाले प्रहार गरेका ६ सटमा दुई सट पोस्टको दिशामा थिए ।

इंग्ल्याण्डको जितसँगै समूह ‘जी’ बाट इंग्ल्याण्ड र बेल्जियम अघिल्लो चरणमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment