Comments Add Comment

हेटौंडा उपमहानगरको बजेट १ अर्ब ६३ करोड

१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि १ अर्ब ६३ करोड चार लाख ५७ हजार बजेट ल्याएको छ ।

कुल बजेटको १० दशमलब १८ प्रतिशत अर्थात १६ करोड ५९ लाख ६४ हजार रुपैयाँ मात्र प्रशासनिक खर्च र बाँकी पूँजीगत खर्च रहेको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।

बजेटमा वडा स्तरीय आयोजना तथा कार्यक्रमको लागि २० करोड ५० लाख रुपैयाँ, सामाजिक विकास अन्र्तगत ५९ करोड १७ लाख ५६ हजार, पूर्वाधार विकास क्षेत्रतर्फ ३७ करोड ८ लाख ५१ हजार, वातावरण तथा विपद ब्यवस्थापन क्षेत्रतर्फ ७ करोड ३१ लाख ७० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रतर्फ २ करोड १६ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले बहुवर्षीय विभिन्न ठूला आयोजना सञ्चालनका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले आन्तरिक आय १५ करोड ४९ लाख ६९ हजार अनुमान गरेको छ । बजेटमा आउँदो आर्थिक वर्षभित्रै उपमहानगर क्षेत्रमा सबै वडामा सुविधा सम्पन्न भवन निर्माण गर्ने उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाले एकल महिलाहरुलाई वाणिज्य तर्फको कारोबारमा तोकिएको कर रकममा ५० प्रतिशत छुट दिने नीति प्रस्ताव गरेको छ ।

विकास पत्रकारिता पुरस्कार बितरण

हेटौंडा उपमहानगरपालिकाले अग्रज पत्रकारिता पुरस्कार सहित ३ जनालाई विकास पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।

तेस्रो नगरसभाको अवसरमा आइतबार पत्रकार प्रताप विष्टलाई पिछिडिएका समुदायलाई पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै अग्रज पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

यस्तै विकास पत्रकारितातर्फ अनलाइनखबर डटकमका राजन दाहाल, साझा कुरा राष्ट्रिय दैनिकका केशव सुवेदी, र टिम टेलिभिजनका बालकृष्ण अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ । नगरक्षेत्रको बिकास पत्रकारितामा योगदान पुर्‍याएको भन्दै उपमहानगरपालिकाले उनीहरुलाई पुरस्कार प्रदान गरेको हो ।

सम्मानित हुने पत्रकारहरुलाई जनही १५ हजार एक रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । सम्मान हेटौंडा उपमहानपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मिना लामाले प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment