Comments Add Comment

विश्वकप हेर्ने मौका पाएका कोक ग्राहक रसिया उडे


१० असार, काठमाडौँ । “कोक खाम रसिया जामू अभियानका विजेताहरूको दोस्रो समूह फिफा विश्वकपका लागि रसिया प्रस्थान गरेको छ । कोकाकोलाले आम ४० नेपाली उपोभोक्तालाई यो अवसर दिएको छ ।

बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा दोस्रो समूहका विजेताहरुको विदाई समारोह आयोजना गरिएको थियो । अभियान अन्तर्गत ४० भाग्यशाली बिजेताहरुलाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको छ ।

४० बिजेताहरुलाई २ टोलिमा विभाजन गरिएको थियो, जसमध्ये २० जना बिजेताहरु गत आषाढ १ गते रसिया पुगेर अर्जेन्टिना र आइसल्याण्ड बीचको म्याच हेरेर फर्किसकेका छन् । २० जनाको दोस्रो समूह आइतबार रसिया उडेको छ । बिजेताहरुले २६ जुनमा अर्जेन्टिना र नाइजेरियाबीचको म्याच हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment