Comments Add Comment

मुख्यमन्त्री पाैडेलले भने : संघीयता खारेज गर्ने खेल भइरहेको छ

१० असार, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयता विराेधीले संघीयता खारेज गर्ने खेलमा लागेको बताएका छन् ।

काठमाडाैंको चन्द्रागिरि नगरपालिकाकाे दाेश्राे नगर सभालाई सम्वाेधन गर्दै मुख्यमन्त्री पाैडेलले ठूलाे बलिदानीपूर्ण संघर्षबाट अाएकाे लाेकतान्त्रिक संघीय गणतन्त्र मास्ने चलखेललार्इ निस्तेज पार्नुपर्ने बताए । ‘कानून बनाउन नसक्दा समस्या सिर्जना भएकाे छ, संघीयतालाई मास्न ठूलाे षड्यन्त्र हुँदै छ ।’ उनले भने ।

मुख्यमन्त्री पाैडेले तीनवटै सरकार मिलेर नगए प्रदेश सरकारकाे अाैचित्य नरहने भन्दै विकास जनमुखी र विकास निर्माणकार्यमा जनसहभागिता भयाे भने मात्र विकास सम्भव हुने उनकाे बताए । ‘एक वर्षसम्म नगरपालिकामा नायिक समिति नबन्दा जनता मारमा परेकाे भन्दै विकासकाे काममा एक जुट हाै पाटी नभनाै सबै दलहरूकाे पनि भावनाकाे कदर गराै ।’ मुख्यमन्त्री पाैडेले भने ।

प्रदेश ३ सदस्य केशव राज पाेखरेलले लाेकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनताहरूलाई सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सकियाे भने मात्र जनप्रतिनिधि भएकाे अाभास महशुस हुने बताए ।

उनले जनप्रतिनिधिहरूले सबै विचारधारामा रहेका जनताहरूकाे पनि भावनामा काम गर्नु पर्ने धारणा राखे ।

उद्घाटन सत्रमा बोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका विकास र समृद्धकाे हिसाबले चाँडै गति लिने बताए ।

उनले समृद्ध नगर अभियान नेपालकाे सुरूङ्ग मार्ग, केवलकार र अब बन्ने रेल मार्ग निर्माण पश्चात् अाधुनिकता र सम्पन्नतातर्फ लम्कने विश्वास व्यत्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment